― Advertisement ―

सुरक्षा विशेषज्ञहरूले आईओएसमा आन्तरिक टनेल आईपी फिंगरप्रिन्टिङबाट बच्नको लागि प्रोटोन ‘केवल VPN’ हो भनेर प्रकट गर्दछ।

प्रोटोनले आईओएसमा औँला प्रिन्टनेल रिसर्च गर्ने VPN अनन्य रूपमा भन्नुहुन्छ Mullvad अन्य पोर्भाइडरहरू मध्ये एक हो जुन त्रुटिको लागि जोखिममा रहन्छ समस्या आईओएस नेटवर्किङ...
HomeLatest newsप्रचण्डले फेरि दोहोर्‍याए पुरानै प्रवृत्ति, बनाए २५ सय केन्द्रीय सदस्य

प्रचण्डले फेरि दोहोर्‍याए पुरानै प्रवृत्ति, बनाए २५ सय केन्द्रीय सदस्य



२२ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले केन्द्रीय समिति विस्तार गर्ने भएको छ । विभिन्न घटकहरू मिलेर बनेको पार्टीले यही २९ गते नयाँ केन्द्रीय सदस्यहरूको शपथ गराउन लागेको हो ।

सो पार्टीका नेता प्रेमबहादुर सिंहका अनुसार, केन्द्रीय समितिको संख्या २४९९ हुनेछ ।

‘२९ गते १ बजे केन्द्रीय समितिका सदस्यहरूको शपथ ग्रहण हुन्छ,’ सिंहले अनलाइनखबरसँग भने, ‘२९ गतेभित्रै केन्द्रीय कार्यसमिति, सचिवालय, केन्द्रीय कार्य संयोजन समितिको गठन पनि गरिसक्ने निर्णय भएको छ ।’

२४९९ मध्ये सो दिन करिब २३ सय सदस्यले शपथ लिनेछन् । बाँकी केही सदस्यको नामावली टुंगिन बाँकी रहेको उनले बताए ।

त्यस्तै, ६ सय १ जनाको केन्द्रीय कार्यसमिति बन्ने पनि उनले जानकारी दिए । सचिवालय भने निश्चित संख्याको हुने उनले बताए । यद्यपि कति सदस्यीय सचिवालय बन्ने भन्नेबारे टुंगो लागिसकेको छैन ।

सचिवालय भन्दा अझै सानो केन्द्रीय कार्यसंयोजन समिति पनि बन्ने उनले बताए । केन्द्रीय सदस्यहरूको शपथ डिजिटल र भौतिक दुवै माध्यमबाट हुने उनले बताए ।

‘काठमाडौंमा उपलब्धहरूको यहीँ गर्ने नहुनेलाई प्रदेशमा उपयुक्त ठाउँमा डिजिटल माध्यमबाट गर्ने छलफल भएको छ,’ सिंहले भने, ‘सबैलाई एकै ठाउँबाट गर्दा टाढा टाढाका मान्छेलाई आइपुग्न गाह्रो हुन्छ ।’

यसअघि पनि प्रचण्ड नेतृत्वमा बनेको दलले हजारौंको संख्यामा केन्द्रीय समिति विस्तार गरेको भन्दै आलोचना तीव्र भएको थियो । पछि उक्त निर्णयहरू पार्टी केन्द्रीय कमिटीबाट समेत आलोचना भएपछि सच्याइएको थियो ।

उनले सोही प्रवृत्ति पुन: दोहोर्‍याएका हुन् ।





Read More