― Advertisement ―

माइक्रोसफ्टले 50 मिलियन भन्दा बढी एन्ड्रोइड प्रयोगकर्ताहरूलाई पर्दाफास भएको चिन्ताजनक सुरक्षा त्रुटिलाई चेतावनी दिन्छ, भन्छ ‘प्रयोगकर्ता प्रमाणहरू र वित्तीय डेटा जोखिममा परेको थियो’

MicroageLablaw Effecting millionsf. यन्त्रहरूअसुरक्षाले एपहरूलाई स्यान्डबक्सलाई बाइपास गर्न र निजी डेटा पहुँच गर्न दिन्छकम्तीमा 30 मिलियन स्थापनाहरू क्रिप्टो एपहरू थिए, v5.2.1 मा प्याच गरिएका...
HomeLatest newsन्यूयोर्कका नवनिर्वाचित मेयर ममदानीले नेपाली रेष्टुरेन्टमा खाए म:म

न्यूयोर्कका नवनिर्वाचित मेयर ममदानीले नेपाली रेष्टुरेन्टमा खाए म:म



२० कात्तिक, काठमाडौं । विश्वको आर्थिक राजधानी मानिने अमेरिकाको न्युयोर्कको मेयरमा निर्वाचित भएपछि चर्चामा आएका जोहरन ममदानीले नेपाली रेस्टुरेन्टमा पुगेर म:म खाएका छन् ।

मेयरमा निर्वाचित भएपछि उनी बुधबार ज्याक्सन हाइट्सस्थित ‘लालिगुराँस बिस्ट्रो’ नामक नेपाली रेस्टुरेन्टमा ‘लञ्च’ का लागि पुगेका हुन् । ३४ वर्षीय ममदानीले नेपाली रेस्टुरेन्टमा खाजा खाँदै गरेको तस्बिर आफ्नो एक्स (ट्विटर) अकाउन्टमा साझा गरेका छन् ।

तस्बिरहरुमा उनका अगाडि म:म लगायतका परिकार देखिन्छ ।

‘मेयरमा निर्वाचित भएपछि पहिलो दिन बिहानैका अन्तर्वार्ता, बैठक र अन्य तयारीमा बित्यो,’ उनले लेखेका छन्, ‘तर, मेरा सांसद एओसी (एलेक्जान्द्रिया ओकासियो–कोर्टेज) सँगको लञ्च विशेष रह्यो ।’

उनले त्यहाँ पहिलो मुस्लिम र दक्षिण एसियाली मूलका मेयर बन्न सफल ममदानीलाई निर्वाचनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हराउन भरपूर प्रयास गरेका थिए । तर ३४ वर्षीय ममदानी न्यूयोर्कका पूर्व गभर्नर एन्ड्रयू कुमो र रिपब्लिकन कर्टिस स्लिवालाई पराजित गर्दै सहरको पहिलो मुस्लिम मेयर बनेका हुन् ।

जनवरी १ मा पदभार ग्रहण गरेपछि उनी एक शताब्दीभन्दा बढी समयमा न्युयोर्कका सबैभन्दा कान्छा मेयर पनि बन्नेछन्। उनी न्युयोर्कको मेयर बन्ने पहिलो दक्षिण एशियाली मूलका र अफ्रिकामा जन्मेका पहिलो व्यक्ति बनेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More