― Advertisement ―

सावधान, ह्याकरहरूले मालवेयर वितरण गर्न, पैसा र डाटा चोरी गर्न एप्पल खाता सूचनाहरूको दुरुपयोग गर्दैछन्

Scammers'ph डोमेनमा कलब्याक प्रयोग गरी ईमेल पठाउनुहोस् सन्देशहरूप्रविधिले नक्कली खरिद अलर्टहरू इम्बेड गर्न Apple ID सिर्जना क्षेत्रहरू प्रयोग गर्छपीडितहरू कलिङ स्क्यामरहरू, जसले त्यसपछि संवेदनशील...
HomeLatest newsनेप्लिज तेक्वान्दो एकेडेमी आइओएफटिसी टिम च्याम्पियन

नेप्लिज तेक्वान्दो एकेडेमी आइओएफटिसी टिम च्याम्पियन


राष्ट्रिय

समाचार.

  • नेप्लिज तेक्वान्दो एकेडेमीले १५औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीपमा टिम च्याम्पियन बनेको छ।
  • प्रतियोगितामा नेप्लिज तेक्वान्दो एकेडेमीले ४५ स्वर्ण, ३२ रजत र ३१ कास्य पदक जितेको छ।
  • ग्रान्ड च्याम्पियनका विजेताले जनही ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् र उत्कृष्ट खेलाडी, प्रशिक्षक र रेफ्रीलाई पनि सम्मान गरिएको छ।

५ पुस, काठमाडौं । नेप्लिज तेक्वान्दो एकेडेमी १५औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी) मा शनिबार टिम च्याम्पियन बनेको छ ।

राष्ट्रिय खेलुकद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा नेप्लिज तेक्वान्दो एकेडेमीले सर्वाधिक ४५ स्वर्ण, ३२ रजत र ३१ कास्य पदक जित्यो । कोटेश्वर तेक्वान्दो डोजाङ दोस्रो र चन्द्रागिरी तेक्वान्दो डोजाङ तेस्रो स्थानमा रहे ।

कोटेश्वरले ३१ स्वर्ण, २० रजत र १५ काश्य पदक हासिल गर्‍यो । तेस्रो हुने चन्द्रागिरीले नौ स्वर्ण, सात रजत र तीन काश्य पदक प्राप्त गर्‍यो । यसैगरी चौथो हुने अमेरिकाले आठ स्वर्ण र दुई रजत पदक जितेको थियो । च्याम्पियन नेप्लिज तेक्वान्दोले च्याम्पियन ट्रफीसहित ५० हजार रुपियाँ प्राप्त गर्‍यो । कोटेश्वर ३७ हजार पाँच सय र चन्द्रागिरी २५ हजार रुपियाँको हकदार बने ।

यसैरी ग्रान्ड च्याम्पियनततर्फ पहिलो इभेन्टअन्तर्गत पुरुषतर्फ भुवन महरा र महिलातर्फ माल्दिभ्सकी फाटिमा इब्राहिम विजेता बने । यसैगरी ग्रान्ड च्याम्पियनतर्फ दोस्रो इभेन्टमा पुरुषतर्फ अमेरिकाका डेनिस कारन्जित र महिलातर्फ कोटेश्वर तेक्वान्दो डोजाङकी मनिषा विश्वकर्मा च्याम्पियन भए ।

ग्रान्ड च्याम्पियनअन्तर्गत तेस्रो इभेन्टमा पुरुषतर्फ निराप लामा र महिलातर्फ इसिका राना पहिलो स्थानमा रहे । ग्रान्ड च्याम्पियनमा विजेता बन्ने छ जना खेलाडीले जनही ५० हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगितामा क्योरुगीतर्फ चन्द्रागिरीका समिर ठाकुर सर्वश्रेष्ठ पुरुष र मनिषा नेपाल सर्वश्रेष्ठ महिला खेलाडी घोषित भए । पुम्सेमा बङगलादेशका अफिफ अहमद उत्कृष्ट पुरुष र सुमिना वाइबा उत्कृष्ट महिला खेलाडी चुनिए । चारै खेलाडी जनही २५ हजार रुपियाँले पुरस्कृत भए ।

प्रजुन कुइँकेलले उकृष्ट पुरुष रेफ्री र जमुना श्रेष्ठले उत्कृष्ट महिला रेफ्रीको सम्मान पाए । यसैगरी अमेरिकाका अनमोल गोर्खालीले सर्वश्रेष्ठ पुरुष प्रशिक्षक र भारतकी कविता घर्ती सर्वश्रेष्ठ महिला प्रशिक्षकले सम्मानित भए । सर्वश्रेष्ठ रेफ्री र प्रशिक्षकले जनही २५ हजार रुपियाँ पुरस्कार पाए ।

यसैगरी सर्वाधिक सहभागी तीन टिमलाई पनि नगद पुरस्कारसहित सम्मान गरिएको थियो । प्रतियोगितामा नेप्लिज तेक्वान्दो एकेडेमीबाट सर्वाधिक सहभागिता रहेको थियो । नेप्लिजले प्रोत्साहनस्वरुप ५० हजार रुपियाँ पायो ।

दोस्रो सर्वाधिक खेलाडी सहभागी गराउने कोटेश्वर तेक्वान्दो डोजाङलाई ३७ हजार पाँच सय र तेस्रो सर्वाधिक खेलाडीसहित सहभागी टिम काभ्रे तेक्वान्दो डोजाङलाई २५ हजार रुपैआइओएफटिसीआइओएफटिसीयाँ प्रदान गरियो ।

पूर्वमन्त्री जीवनराम श्रेष्ठले समापन कार्यक्रम विजेता तथा उत्कृष्ट बनको खेलाडी, प्रशिक्षक र रेफ्रीहरुलाई पुरस्कृत गरे ।





Read More