― Advertisement ―

Chatbots चुपचाप तपाईले भन्नुभएको सबै कुरासँग सहमत हुन्छन्, र अनुसन्धानकर्ताहरूले कसरी सरल तुरुन्त परिवर्तनहरूले समस्या समाधान गर्न सक्छ भनेर प्रकट गर्छन्।

प्रयोगकर्ताको बट्टामा च्याटबटहरू प्रायः च्याटबटहरूको रायको रूपमा प्रत्यक्षविश्वस्त शब्दहरूले ठूलो भाषा मोडेलहरूमा सम्झौताको स्तरलाई उल्लेखनीय रूपमा बढाउँछप्रश्न-आधारित प्रम्प्टहरूले परीक्षण गरिएका AI प्रणालीहरूमा साइकोफ्यान्टिक प्रतिक्रियाहरू...
HomeLatest newsनेपाल-भारत सम्बन्धको चर्चा गर्दै कैलाश खेरले गाए नेपाली फिल्म ‘शिवांश’ को गीत

नेपाल-भारत सम्बन्धको चर्चा गर्दै कैलाश खेरले गाए नेपाली फिल्म ‘शिवांश’ को गीत


राष्ट्रिय

समाचार.

  • बलिउड पाश्र्वगायक कैलाश खेरले आगामी नेपाली फिल्म ‘शिवांश’ को लागि ‘शिव ताण्डव’ गीत गाएका छन् र यो युट्युबमा रिलिज भएको छ।
  • ‘शिवांश’ फिल्म १ फागुनमा देशब्यापी प्रदर्शन तयारीमा छ र खेरको यो तेस्रो नेपाली गीत हो।
  • खेरले फिल्मलाई भारत–नेपाल मैत्री सम्बन्धको प्रतीकको रूपमा चित्रण गर्दै नेपाली फ्यानलाई माया र साथप्रति आभार व्यक्त गरेका छन्।

काठमाडौं । चर्चित बलिउड पाश्र्वगायक कैलाश खेरले आगामी नेपाली फिल्म ‘शिवांश’ को लागि गीत गाएका छन् । उनको आवाजमा रहेको गीत ‘शिव ताण्डव’ युट्युबमा रिलिज भएको छ ।

सो फिल्म १ फागुनमा देशब्यापी प्रदर्शन तयारीमा छ । गायक खेरको यो तेस्रो नेपाली गीत हो । यसअघि सन् २०१० मा रिलिज भएको नेपाली फिल्म ‘काठमाण्डू’ को शीर्ष गीत उनले गाएका थिए ।

सन् २०१५ मा सुष्मा राणासँग उनले ‘फूलको थुंगा’ गाएका थिए ।

‘शिवांश’ का निर्माताले बिहीबार एक पोस्टर सार्वजनिक गर्दै खेरको गीत फिल्ममा समावेश रहेको जनाएको छ । सो फिल्मबारे गायक खेरले नेपाली फ्यानलाई सम्बोधन गर्दै भिडियो सन्देश जारी गरेका छन् ।

भिडियोमा खेर नेपाल र भारतबीचको प्रगाढ सम्बन्ध र गीतबारे चर्चा गरेका छन् । नेपाली श्रोताले आफ्ना हरेक गीतलाई दिने माया र साथप्रति उनले आभार व्यक्त गरेका छन् ।

“नेपालका फ्यानले मलाई र मेरा गीतलाई जुन प्रकारको प्रेम दिनुहुन्छ, त्यसका लागि म कसरी आभार व्यक्त गरुँ भन्ने शब्द छैन’ खेरले भनेका छन् ।

खेरले आफ्नो आवाज रहेको फिल्मलाई भारत र नेपालको मैत्री सम्बन्धको प्रतीकको रूपमा चित्रण गरेका छन् । उनले भनेका छन्, ‘यसपटक केही विशेष छ । भारत–नेपाल मैत्री सम्बन्धको सौजन्यबाट हामीले एउटा अत्यन्तै प्यारो ‘ताण्डव स्तोत्रम्’ तयार पारेका छौं, जुन मैले गाउने अवसर पाएको छु ।’

अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने फिल्मलाई सन्तोषकुमार आत्रेयले निर्देशन गरेका हुन् । अञ्जान केसी निर्माता हुन् । यसमा प्रवीण खतिवडा, तेज गिरी, विमला लिम्बु र रुषा न्यौपाने मुख्य भूमिकामा छन् । सह–निर्मातामा शोभा भण्डारी र अनिश केसी बोगटी छन् । पटकथा बारत लिम्बुको छ ।

 

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More