― Advertisement ―

माइक्रोसफ्टले 50 मिलियन भन्दा बढी एन्ड्रोइड प्रयोगकर्ताहरूलाई पर्दाफास भएको चिन्ताजनक सुरक्षा त्रुटिलाई चेतावनी दिन्छ, भन्छ ‘प्रयोगकर्ता प्रमाणहरू र वित्तीय डेटा जोखिममा परेको थियो’

MicroageLablaw Effecting millionsf. यन्त्रहरूअसुरक्षाले एपहरूलाई स्यान्डबक्सलाई बाइपास गर्न र निजी डेटा पहुँच गर्न दिन्छकम्तीमा 30 मिलियन स्थापनाहरू क्रिप्टो एपहरू थिए, v5.2.1 मा प्याच गरिएका...
HomeLatest newsनेपालमा नै पहिलोपटक सालक सम्मेलन – KhabarHost

नेपालमा नै पहिलोपटक सालक सम्मेलन – KhabarHost



१९ माघ, चितवन । नेपालमा पहिलोपटक सालक सम्मेलन गरिने भएको छ । बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयको आयोजनामा यही माघ २६ गते सालक सम्मेलन गर्न लागिएको हो ।

डिभिजन वन कार्यालयको संयोजनमा माडीमा सालक सम्मेलन गर्न लागिएको हो । कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार बागमती प्रदेशभित्रका डिभिजन वन कार्यालयका प्रमुख, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, चितवन राष्ट्रिय निकुञ्ज, हरेक जिल्लाका सामुदायिक वनका प्रतिनिधि र संरक्षणकर्मीहरूको सक्रियतामा सालक सम्मेलन गर्न लागिएको हो ।

संरक्षित वन्यजन्तु सालकको अहिलेको अवस्था, संरक्षण गर्नुपर्ने कारण, चुनौतीलगायतका विषयमा सम्मेलनमा छलफल गरिने छ । आचार्यका अनुसार संरक्षणमा हातेमालो गर्ने विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू, विज्ञसहित २०० भन्दा बढीको सहभागितामा सालक सम्मेलन गर्न लागिएको हो ।

सम्मेलनमा सालकको अहिलेको अवस्था, संरक्षणमा देखिएका चुनौती र भावी कार्यदिशाका विषयमा छलफल गरिने छ । छलफलसँगै सालक संरक्षणका लागि माडी घोषणा पत्र जारी गर्दै सम्मेलन सम्पन्न हुने उनले बताए। सालक किसानको साथी भएकाले पनि यसको संरक्षण अपरिहार्य रहेको उनको भनाइ छ ।

राष्ट्रिय निकुञ्ज ऐन २०२९ ले संरक्षित वन्यजन्तुका रूपमा सालकलाई राखेको र सालक अहिले लोपोन्मुख अवस्थामा पुगेको पाइन्छ । यसको संरक्षणका लागि सबैको हातेमालो आवश्यक रहेको उनले बताए ।

बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव केदार बरालले नेपालमा पहिलोपटक सालक सम्मेलन गर्न लागिएको जानकारी दिए । उनका अनुसार वन्यजन्तु संरक्षण भन्ने बित्तिकै ठूला वन्यजन्तुहरूलाई प्राथमिकता दिइने गरिएको भए पनि साना वन्यजन्तु पनि उत्तिकै महत्वपूर्ण रहेको छ । उनले भने, “ठूला वन्यजन्तुहरू संरक्षणमा धेरैको ध्यान जाने भए पनि प्रदेश सरकारले सालकको संरक्षणका लागि नीति तथा कार्यक्रम नै बनाएर काम अघि बढाइएको छ ।”

आगामी वर्षदेखि नियमित रूपमा सालक संरक्षणका लागि काम गरिने उनले बताए । प्रदेशका सबै डिभिजन वनहरूमा सालक पाइने र यसको संरक्षणले प्रकृतिलाई फाइदा पुग्ने उनको भनाइ छ । केही वर्षपछि सालक हेर्नका लागि बागमती प्रदेश जाउँ भन्ने बनाउनका लागि यो कार्यक्रम महत्वपूर्ण रहेको उनले बताए ।

सामुदायिक वन र सालक संरक्षणमा लागेका सबैलाई एकीकृत गर्न यो कार्यक्रम फलदायी हुने छ । स्थानीय समुदाय, सामुदायिक वन उपभोक्ता समितिसँग सालकको बासस्थान, खाने कुरा संरक्षणलाई अभियानका रूपमा अघि बढाइने उनले बताए । सालक मार्नेलाई निकुञ्ज ऐनअनुसार कारवाही हुने उनले बताए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More