― Advertisement ―

NBN मूल्यहरू 2 हप्ता भन्दा कममा बढ्न सेट गरिएको छ – यो धेरै ढिलो हुनु अघि अब एक कम लागत योजना लक गर्नुहोस्

यदि तपाईंले आफ्नो NBN योजनालाई अझ किफायती वा सायद अहिलेको भन्दा छिटो किनमेल गर्ने योजनामा परिवर्तन गर्ने विचार गरिरहनुभएको छ। थप पढ्नुहोस्
HomeLatest newsझापामा कुन उम्मेदवारलाई भोट हाल्नुहुन्छ भनेर सोध्न नपाइने

झापामा कुन उम्मेदवारलाई भोट हाल्नुहुन्छ भनेर सोध्न नपाइने


राष्ट्रिय

समाचार.

  • झापा जिल्ला प्रशासन कार्यालयले मतदातालाई कुन उम्मेदवारलाई भोट हाल्ने भनेर सोध्न नपाउने निर्णय गरेको छ।
  • निर्वाचन आचारसंहिता २०८२ को दफा ४ (द) अनुसार मतदाताको गोपनीयता भंग गर्ने कार्यलाई रोक लगाइएको छ।
  • फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनअघि मतदातालाई भोट दिने विषयमा प्रश्न सोध्ने कार्यमा कानुनी कारबाही गरिने जनाएको छ।

१९ माघ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय झापाले मतदातालाई कुन उम्मेदवारलाई भोट हाल्नुहुन्छ भनेर सोध्न नपाउने निर्णय गरेको छ । झापाका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत अञ्जन न्यौपाने र तेजप्रकाश प्रसाईंले संयुक्त विज्ञप्ति जारी गरी यस्तो निर्णय भएको बताएका हुन् ।

विज्ञप्तिमा मतदाताको गोपनीयता भंग गर्ने काम भइरहेको भन्दै रोक लगाइएको उल्लेख छ ।

‘फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालको प्रयोग गरी केही अनलाइन सञ्चार माध्यमले सर्वसाधारण तथा मतदाताहरूसँग के कुन दल वा उम्मेदवार वा निर्वाचन चिह्नमा मतदान गर्नुहुन्छ भन्ने प्रश्न गरी मतदाताको गोपनीयता भंग गर्ने कार्य गरिरहेको जानकारी प्राप्त भएकोले उक्त कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ (द) बमोजिम आचारसंहिता उल्लंघनको कार्य भएको,’ विज्ञप्तिमा उल्लेख छ,’यो सूचना जारी भएपश्चात् कोही कसैबाट यस प्रकारको कार्य भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।’

फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । यसका लागि दलहरू अहिले चुनावी घरदैलोमा व्यस्त छन् । यही समयमा विभिन्न सञ्चारमाध्यममा मतदातालाई कसलाई मत दिने ? भन्ने प्रश्न सोध्ने गरिएको भन्दै कडाइ गरिएको बताइएको छ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More