― Advertisement ―

ओरेकलका सह-संस्थापक ल्यारी एलिसनद्वारा दिनको उद्धरण: “नागरिकहरू तिनीहरूको उत्कृष्ट व्यवहारमा हुनेछन्, किनकि हामी निरन्तर रूपमा भइरहेको सबै कुरा रेकर्ड र रिपोर्ट गर्दैछौं” – गोपनीयताको...

Oracle का सह-संस्थापक, क्लाउड जायन्टको CTO को रूपमा सेवा गर्ने ल्यारी एलिसन दशकौंदेखि प्राविधिक उद्योगको फर्निचरको हिस्सा बनेका छन्। अगाडि हेर्दै, उसले एआई, ड्रोन...
HomeLatest newsनेपथ्य कन्सर्टबाट उठेको रकम पोखरा एभेन्जर्सले विद्यालयमा सहयोग गर्ने

नेपथ्य कन्सर्टबाट उठेको रकम पोखरा एभेन्जर्सले विद्यालयमा सहयोग गर्ने


राष्ट्रिय

समाचार.

  • पोखरा एभेन्जर्सले नेपथ्यको कन्सर्टबाट उठेको टिकट रकम गण्डकी प्रदेशका विद्यालयमा क्रिकेट विकासमा खर्च गर्ने जानकारी दिएको छ।
  • कन्सर्टमा ७ हजार ८ सय टिकट बिक्री भएको र टिकटबाट उठेको रकमबाट १० लाख बराबर क्रिकेट सामग्री विद्यालयलाई प्रदान गरिनेछ।
  • पोखरा एभेन्जर्सले मंसिर १ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि तयारी गरिरहेको छ।

२४ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्सले नेप्थयको कन्सर्टमा विक्री भएको टिकटको रकमबाट केही हिस्सा विद्यालयमा सहयोग गर्ने भएको छ ।

पोखरा एभेन्जर्सले उक्त रकम गण्डकी प्रदेश भित्रका विद्यालयमा क्रिकेट विकासमा खर्च गर्ने आइतबार पोखरामा आयोजिक पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

नेपाल प्रिमियर लिग (एनपीएल) को तयारीमा रहेको पोखरा एभेन्जर्सले क्रिकेटलाई संगितसँग जोड्न शुक्रबार पोखरा रंगशालमा नेपथ्यको कन्सर्ट आयोजना गरेको थियो ।

उक्त कन्सर्टमा टिकट ब्रिक्रीबाट उठेको रककमा केही भाग गण्डकी प्रदेशका विद्यालयमा क्रिकेट विकासमा खर्च गरने पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले जानकारी दिए ।

बिक्री भएको प्रत्येक टिकटबाट दुई सय रुपैयाँ जिल्ला खेलकुद विकास समिति र एक सय रुपैयाँ विद्यालयको क्रिकेट विकासका लागि खर्चिने समझदारी भए अनुसार नै क्रिकेट विकासमा खर्च गर्न लागेको त्रिपाठीले जानकारी दिए ।

‘सोही समझदारीअनुसार करिब ५ लाख र अन्य प्रायोजकबाट थप ५ लाख गरी १० लाख बराबरको क्रिकेट सामग्री गण्डकीका विद्यालयलाई प्रदान गर्नेछौं’ एभेन्जर्सका अध्यक्ष त्रिपाठीले भने ।

जिल्ला खेलकुद विकास समिति र क्रिकेट संघसँगको समन्वयमा विद्यालय छनोट गरिने र सहयोग गर्ने अध्यक्ष त्रिपाठीले जानकारी दिए ।

त्रिपाठीका अनुसार शुक्रबारको कन्सर्टमा ७ हजार ८ सय थान टिकट ब्रिकी भएको र २ हजार दुईसय आमन्त्रितको रुपमा कन्सर्ट हेर्न पुगेका थिए । तर कन्सर्टमा केही व्यक्तिगतहरु टिकट नकाटी पनि प्रवेश गरेका थिए । जसले गर्दा कन्सर्ट हेर्नेको संख्या १० हजार भन्दा बढी थियो ।

कन्सर्ट हेर्न सुरुवातमा टिकट काट्ने एक हजार दर्शक र विद्यार्थीका लागि ९९९ रुपैयाँ मूल्य तोकिएको थियो । यस्तै त्यसपछिका दर्शकले १ हजार ४९९ रुपैयाँ टिकट काटेर कन्सर्ट हेरेका थिए ।

दर्शकले टिकट काट्दा जर्सी नै उपहार पाउने व्यवस्था गरिएको थियो । जसअनुसार सुरुवातमा टिकट काट्ने एक हजार र विद्यार्थीका लागि कन्सर्टकै दिन जर्सी लिन मिल्ने सुविधा थियो । अन्य समर्थकले भने केही समयपछि पोखरा एभेन्जर्सको जर्सी पाउने आयोजकले जनाएको छ ।

पोखरा एभेन्जर्सका अध्यक्ष त्रिपाठीले नेपथ्यको कन्सर्ट ऐतिहासिक भएको र भव्य रुपमा सम्पन्न भएको भन्दै यसमा सहयोग गर्ने सबै सरोकारवालाहरुलाई धन्यवाद दिए । उनले पोखरा एभेन्जर्स गण्डकी प्रदेशकै प्रतिनिधित्व गर्ने टिम भएकोले स्थानिय रुपमै कन्सर्ट आयोजना गरिएको बताए ।

कुशल भुर्तेल मार्की रहेको पोखराले मंसिर १ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने एनपीएलको दोस्रो सिजनका लागि तयारी गरिरहेको छ । पहिलो सिजन प्लेअफ पुग्न नसकेपनि दोस्रो सिजन टिमले उत्कृष्ट प्रदर्शन गर्दे त्रिपाठीको विश्वास छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More