― Advertisement ―

प्राइम डे छुट्यो? अमेजनमा रोबोट भ्याकुम सम्झौताहरू अझै बलियो भइरहेका छन्, मूल्यहरू मात्र AU $ 299 बाट

<a data-analytics-id="inline-link" href="https://www.techradar.com/amazon-prime-day/new-prime-day-deals" data-url="https://www.techradar.com/amazon-prime-day/new-prime-day-deals" data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/au/amazon-prime-day-deals" अस्ट्रेलियामा 2026 ले गत हप्ता (र यो हप्ताको सुरुमा पनि) आफ्नो उत्पादन पोर्टफोलियोमा छुटको लहर थियो, र...
HomeLatest newsथबाङमा जोडियो विद्युतको केन्द्रीय प्रसारण लाइन – KhabarHost

थबाङमा जोडियो विद्युतको केन्द्रीय प्रसारण लाइन – KhabarHost



२४ कात्तिक, रुकुमपूर्व । १० वर्षे सशस्त्र जनयुद्धको आधारभूमि मानिने रोल्पाको थबाङमा पहिलोपटक नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइन जोडिएको छ ।

थबाङ गाउँपालिका–१ र २ का गल्चोर, मराङ्थाना र ठूलो गाउँमा विद्युत आपूर्तिको औपचारिक सुरुआत गरिएको हो ।

लुम्बिनी प्रदेशका सांसद दिपेन्द्रकुमार पुनले स्वीच थिचेर विद्युत प्रवाह सुरु गरेका हुन् । उनले रोल्पामा पछिल्लो दशकमा ३६ हजारभन्दा धेरै घरमा विद्युत पुगेको उल्लेख गर्दै २०६४ अघि १९ प्रतिशतमा सीमित विद्युत पहुँच अहिले ७५ प्रतिशत नाघेको बताए ।

उनका अनुसार, रोल्पाबाट अर्थमन्त्री हुँदा बजेट ल्याउन सजिलो भयो, त्यसकै परिणाम आज थबाङसम्म बिजुली पुगेको हो ।

रोल्पामा कुल एक अर्ब ४ करोड रुपैयाँ बराबरको बजेट विद्युत विस्तारमा खर्च भइसकेको छ ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र रोल्पाका प्रमुख अशेश्वर शाहले वर्षौंको प्रयासपछि केन्द्रीय लाइन थबाङ पुर्‍याउन सफल भएको बताए । ‘बत्ती बाल्नु मात्रै होइन, यो थबाङको आर्थिक रूपान्तरणको सुरुआत हो’, उनले भने ।

बाँकी वडामा अर्को वर्ष लाइन विस्तार गर्ने तयारी प्राधिकरणले गरेको छ ।

गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढामगरका अनुसार विद्युत पुगेसँगै करिब २५० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । ‘पढाइदेखि सञ्चार र व्यवसायसम्म सहज हुँदैछ’, उनले भने ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More