― Advertisement ―

सोमबार, अप्रिल २० को लागि NYT Strands संकेत र जवाफहरू (खेल #778)

अर्को दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT Strand रातको लागि तपाईंको नयाँ समय क्षेत्र देखा पर्दछ। यसको मतलब कोही मान्छे सधैं 'आजको खेल' खेलिरहेका हुन्छन् भने...
HomeLatest newsनेतृत्व नछानी टुंगिन सक्छ कांग्रेसको विशेष महाधिवेशन

नेतृत्व नछानी टुंगिन सक्छ कांग्रेसको विशेष महाधिवेशन



२३ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको दोस्रो दिन २९ असोजमा विशेष महाधिवेशन आवश्यक पर्नुका चार कारण औल्याउँदै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई लिखित प्रस्ताव पेश गरिएको थियो ।

विशेष महाधिवेशन गर्नुपर्ने आवश्यकतामा मागकर्ताले उल्लेख गरेका चार विषयमा राजनीतिक सङ्कटको गम्भीर समीक्षा, नेतृत्व परिवर्तन र केन्द्रीय कार्यसमितिको निर्वाचन, समयानुकूल नीति निर्माण र विधान संशोधनमार्फत पार्टी संरचनामा सुधार गर्नुपर्ने थिए ।

५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको आवश्यकता देखाएका चारमध्ये एक विषयमा उनीहरूले निर्णय लिनलाई सहजता छ ।

उपस्थित प्रतिनिधिले राजनीतिक सङ्कटको गम्भीर समीक्षा गर्ने कार्यप्रति पार्टीभित्र सायदै विमति होला ।

नेतृत्व परिवर्तन र केन्द्रीय कार्यसमितिको निर्वाचन,समयानुकूल नीति निर्माण र विधान संशोधनमार्फत पार्टी संरचनामा सुधारको एजेण्डा पारित गरेर स्वीकार्य बनाउन विशेष महाधिवेशन पक्षधरलाई सहजता हुने छैन । यी मध्ये प्रमुख जटिलता नेतृत्व चयन गरेर बैधता प्राप्त गर्नुमा हुनेछ ।

पार्टी केन्द्रीय समितिले विशेष महाधिवेशन आह्वान नगर्ने स्पष्ट संकेत पाएसँगै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाएका छन् ।

बहुमत प्रतिनिधिले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन् । पूर्वनिर्धारित समयतालिका अनुसार चुनावअघि नियमित महाधिवेशन हुन नसकेसँगै विशेष महाधिवेशनको तयारी जोडतोडसँग गरिएको छ ।

सभापति शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशनलाई पूर्ण रुपमा अस्विकार गरेको छ भने संस्थापनइतरका नेता डा. शेखर कोइराला केन्द्रीय समितिबाट विशेष महाधिवेशन आह्वान गर्नुपर्ने पक्षमा छन् ।

कथं, बहुमत विशेष महाधिवेशन प्रतिनिधिले नेतृत्व चयन गरेको अवस्थामा अद्यावधिक गर्नका लागि विवरण बुझाउन निर्वाचन आयोग जानुपर्ने हुन्छ ।

अर्कोतर्फ, संस्थापन पक्षले आफूहरू नै आधिकारिक भएको दाबी लिएर निर्वाचन आयोग पुग्नसक्छ । दुबै पक्षबाट आएका निर्णय र प्रमाणहरू निर्वाचन आयोगले निर्णय लिनुपर्ने हुन्छ । दुबैपक्षले बहुमत सिद्ध गर्नका लागि निर्वाचन आयोगले तत्कालै संस्थापन र विशेष महाधिवेशन पक्षलाई आह्वान नगर्न पनि सक्छ । कदाचित्, निर्वाचन आयोगले ढिलो गर्दा त्यसको प्रत्यक्ष असर विशेष महाधिवेशन पक्षधरलाई पर्नेछ ।

विशेष महाधिवेशन पक्षले पुस २८ मा नयाँ नेतृत्व चयन गरेको जानकारी लिएर निर्वाचन आयोग पुग्दा समयको चाप समेत हुनेछ ।

प्रतिनिधि सभाका लागि उम्मेदवार चयनको मिति नजिकिएको हुँदा समयको दबाबमा विशेष महाधिवेशन पक्षधर हुनेछन् ।

विशेष महाधिवेशनबाट गरिएको निर्णयको प्रमाण पुर्‍याएर निर्वाचन आयोग पुग्दा प्रतिनिधि सभाको उम्मेदवार छनोटको बेला आइसकेको हुन्छ ।

विशेष महाधिवेशन पक्षलाई एक साताको समयावधि पनि हुँदैन । त्यही एक साताको अवधिमा समेत तीन दिन सरकारी विदाको समय छ ।

एकातर्फ, विशेष महाधिवेशनका लागि तोकिएको समयसीमा सकिनु र अर्कोतर्फ उम्मेदवार मनोनयनको दिन नजिकिँदा कानुनी मान्यताका लागि विशेष महाधिवेशन पक्षधरमाथि समयको दबाबमा हुनेछन् ।

प्रतिनिधि सभाको उम्मेदवारी दर्ताको मुखमा आएर भएको विशेष महाधिवेशनले नेतृत्व चयन गर्न ‘टाइमिङ’ ले साथ दिएको छैन ।

प्रतिनिधिसभा कायम रहेको वा महाधिवेशन बाहेकको समयमा दल विभाजन भएको अवस्थामा निर्वाचन आयोगले ‘टाउको गनेर’ आधिकारिकता टुंगो लगाउन सक्ने थियो ।

विशेष महाधिवेशनबाट पार्टी विभाजित भएको इतिहास पनि नभएको हुँदा नजिर लिएर निर्णय गर्ने अवस्था पनि हुँदैन । निर्वाचन आयोगसँग त्यस्ता विवाद समाधान गरेको अनुभव र संस्थागत स्मरण समेत छैन । केन्द्रीय समिति आह्वान नगरेको अवस्था एवं महामन्त्रीले बोलाएको महाधिवेशनमा भएको भन्दै पक्ष/विपक्षमा तर्क आएका छन्/आउने छन् । यी सवालमा विवाद हुने भएकाले निर्वाचन आयोगलाई समेत अन्योलमा पर्नसक्छ ।

निर्वाचनको तयारी गर्नुपर्ने निर्वाचन आयोगले त्यसलाई नै प्राथमिकतामा राखेर कांग्रेसभित्रको विवादमा तत्काल सक्रियता नलिन सक्छ । आयोगको ढिलासुस्तीको मारमा विशेष महाधिवेशन पक्ष पर्ने सम्भावना रहन्छ । निर्वाचन आयोगले वैधताको प्रश्न छिटो टुंगो लगाइदियोस् भन्ने अपेक्षा राखेको महाधिवेशन पक्षधरलाई उसको ढिलासुस्तीले थप चिढाउन सक्छ ।

वर्तमान नेतृत्व परिवर्तन गरेर मात्रै निर्वाचनमा जानुपर्नेमा विशेष महाधिवेशन पक्ष दृढ देखिन्छ । नयाँ नेतृत्व चयन हुने तर उसले कानुनी मान्यता नपाएको अवस्थामा सभापति देउवाकै नेतृत्वमा चुनावमा जानुपर्ने हुन्छ । विशेष महाधिवेशनको नेतृत्वलाई मान्यता दिने/नदिने निर्णय तत्कालै निर्वाचन आयोगले नगर्न सक्छ ।

निर्वाचन आयोगले छिटो निर्णय नगरेको उदाहरण विशेष महाधिवेशन पक्षधरले पाइसकेका पनि छन् । विधानको व्यवस्था अनुसार विशेष महाधिवेशन माग नभएकोप्रति जानकारी पार्टीसँग माग्नका लागि हस्ताक्षरकर्ताहरूले निर्वाचन आयोग निवेदन पेश गरेका थिए ।

उक्त निवेदनको प्रक्रिया निर्वाचन आयोगले अघि बढाएको छैन । विशेष महाधिवेशनको नेतृत्वलाई मान्यता दिनुपर्ने मागलाई समेत प्रक्रियामा लान निर्वाचन आयोगले ढिलो गरेको अवस्थामा सभापति देउवा नै नेतृत्वमा कायम हुन्छन् । उनकै नेतृत्वमा निर्वाचनमा जानुपर्ने हुन्छ ।

विशेष महाधिवेशनबाट आएको नेतृत्वले उम्मेदवार चयन गर्न नपाउने र देउवाले नै टिकट वितरण गर्ने अवस्था हुँदा नेतृत्व चयन गर्न नहुने मत पनि उठ्न सक्छ ।

निर्वाचन आयोगले निर्णय गर्न बिलम्ब गर्दा देउवाकै हस्ताक्षरमा उम्मेदवारले टिकट प्राप्त गरिसकेका हुन्छन् । उम्मेदवार तय हुने र पार्टी निर्वाचनमा होमिने परिस्थिति बन्ने हुँदा नेतृत्व चयन गरेर जान अनुपयुक्त हुने विचार पनि विशेष महाधिवेशनकै हलबाट व्यक्त हुनसक्छन् ।

विशेष महाधिवशेनबाट आएको नेतृत्वले चुनावअघि वैधता नपाउँदा टिकट वितरण लगायतका भूमिका निर्वाह गर्न नपाउने हुँदा सभापति चयन नगर्ने निर्णय हलले लिनसक्छ । यदी, नेतृत्व चयन हुँदा चुनावअघि वैधताको लडाईं हुने र चुनाव सकिए लगत्तै नियमित महाधिवशेनको मिति तोकिएको हुँदा सभापति चयन नगरौं भन्ने मत पनि प्रतिनिधिहरूबाट आवाज आउने सम्भावना उत्तिकै छ ।

विशेष महाधिवेशन पक्षधरले हलबाट कार्यविधि बनाउने जानकारी गराएका छन् । विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि आएको अवस्थामा नेतृत्व चयन गर्ने अड्कलबाजी भइरहेका छन् ।

विशेष महाधिवशेन पक्षधरका नेताहरूको दाबी अनुसार हस्ताक्षर गर्नेको संख्या ५४ प्रतिशतबाट बढ्नेछ । संस्थापन पक्षका नेताहरूले विशेष महाधिवशेनमा नआउन प्रतिनिधिहरुलाई आग्रह गर्ने एवं दबाब दिने गरेको मागकर्ताहरुले बताउँदै आएका छन् ।

नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला लगायतले विशेष महाधिवेशनका लागि काठमाडौं नआउन प्रतिनिधिहरूलाई आग्रह गरेका छन् । पाँच प्रदेशका सभापतिले विशेष महाधिवेशनको औचित्य नरहेको विज्ञप्ति निकालेका थिए ।

कांग्रेसको नेतृत्व र नीतिमाथि प्रश्न उठाएर गर्न लागिएको विशेष महाधिवेशनले नीति र नेतृत्व दुवै परिवर्तन गर्छ कि नीति मात्रैमा यकिन भइसकेको छैन ।

पार्टी विभाजित आशंकामा भयभित रहेको एउटा पक्षलाई आश्वस्त पार्दै र नेतृत्व विना चयन नगरी नयाँ संकल्प सहित विशेष महाधिवेशन सकिने सम्भावना छ ।

महामन्त्री शर्माले विशेष महाधिवेशन नीति वा संकल्प महाधिवेशन परिणत गरी समापन गर्न सकिने विकल्प यसअघि बताइसकेको पनि छ ।

विगतमा पार्टीबाट भएको गल्तीको स्विकारोक्ति सहित भविष्यका लागि नयाँ संकल्प पारित गर्दै विशेष महाधिवेशन टुंगिनसक्छ ।

पार्टी विभाजन हुने चिन्तामा रहेका नेताहरू चन्द्र भण्डारी र डा. सुनिल शर्मालाई महामन्त्री थापाले आश्वस्त पारेका छन् ।

‘तपाईंहरूलाई साक्षी राखेर देशभरका कार्यकर्ता र शुभचिन्तकलाई आश्वस्त बनाउन चाहन्छु, पार्टी फुट्दैन । कसैले चाहेर पनि पार्टी फुट्दैन,’ थापाले भनेका छन्, ‘साँच्चिकै अप्ठेरो अवस्था आयो भने बरु विष पिउँछु । एकता जोगाइराख्नेछु ।’

विशेष महाधिवशेन महामन्त्रीले बोलाउने अधिकार रहे/नरहेको दुईथरी विचार प्रवाह भइरहेको बेला गगन– विश्वले बुधबार साँझ आह्वान गरेका छन् ।

विशेष महाधिवेशन ‘बदलिएको समयको कांग्रेसका लागि, बदल्नुपर्ने देशका लागि’ भएको दुई महामन्त्रीको विज्ञप्तिमा उल्लेख छ । पार्टीमा नयाँ ऊर्जा भर्न दृढ संकल्पित रहेको उल्लेख गर्दै जस्तोसुकै कठिन अवस्थामा पनि पार्टीलाई एकढिक्का राख्न हामी कटिबद्ध एवं प्रतिबद्ध रहेको दुई महामन्त्रीले स्पष्ट पारेका छन् ।





Read More