― Advertisement ―

Homeनुवाकोटमा आगलागीबाट दुई घर जलेर नष्ट – KhabarHost

नुवाकोटमा आगलागीबाट दुई घर जलेर नष्ट – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • ककनी गाउँपालिका–१ स्थित जलकुनीमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन्।
  • आगलागीबाट रु एक करोड बराबरको नगद, गरगहना, अन्नबाली र भाँडावर्तन जलेर नष्ट भएको छ।
  • ककनी गाउँपालिकाले घरबासविहीन परिवारलाई अस्थायी संरचना निर्माण गरी बस्ने प्रबन्ध मिलाएको छ।

४ कात्तिक, त्रिशूली। ककनी गाउँपालिका–१ स्थित जलकुनीमा आज आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ।

आगलागीबाट नगद, गरगहनासहित अन्नबाली, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री जलेर नष्ट भएको छ ।

आगलागीमा परी रु एक करोड बराबरको धनसम्पत्ति क्षति भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए ।

उनका अनुसार बलराम बलामीको घरबाट सुरु भएको आगलागी जोडिएको घरमा पनि फैलिएको थियो ।

‘विद्युत् गडबढका कारण आगलागी हुँदा नगद रु १० लाखसहित रु २५ लाख बराबरको सुनचाँदीको गरगहना, रु १८ लाख बराबरको अन्नबाली र भाँडावर्तनसहित ढुङ्गामाटोले बनेका दुईवटा घर पूर्ण क्षति भएको छ,’ प्रनाउ लामाले भने, ‘स्थानीयवासी र सुरक्षाकर्मीको प्रयासले मानवीय र पशुचौपाय क्षति हुनबाट जोगाइएको छ।’

घरबासविहीन भएका पीडित परिवारलाई ककनी गाउँपालिकाले तत्कालका लागि अस्थायी संरचनाको निर्माण गरेर बस्ने प्रबन्ध मिलाएको छ।

जिल्ला प्रशासनबाट नगद र रेडक्रस नुवाकोट शाखामार्फत गैह्रखाद्य (बन्दोबस्ती) सामग्री उपलब्ध गराउन सिफारिस गरिएको छ।





Read More