― Advertisement ―

इरान-सम्बन्धित ह्याकरहरूले क्यालिफोर्नियाको पानीको उपयोगिताको उल्लङ्घन गरे जसले लाखौंलाई सेवा दियो र उनीहरूले अनलाइन भेट्टाएका सबै कुरा प्रकाशित गरे।

इरानी haaker र 5GB पानी पहुँच गर्ने दुई प्रणाली डाटाएक कमजोर सुरक्षित GPS उपकरणले आक्रमणकारीहरूलाई Cal वाटर भित्र सिधा बाटो दियोसात क्यालिफोर्निया जिल्लाहरूको लागि...
HomeLatest newsनिर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कतासहितको सुरक्षा व्यवस्था

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कतासहितको सुरक्षा व्यवस्था



१३ माघ, भद्रपुर (झापा) । जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा खड्काले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्लामा सुरक्षा व्यवस्था उच्च प्राथमिकताका साथ अघि बढाइएको बताएकी छन् ।

भर्खरै निर्वाचनको मुखमै सरुवा भएर झापा आएकी प्रहरी उपरीक्षक खड्काले आज जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सुरक्षा तयारी र प्राथमिकताबारे जानकारी गराएकी हुन् ।

कार्यक्रममा उनले सुरक्षा संवेदनशीलता तथा उम्मेदवारको सुरक्षा जोखिमको मूल्याङ्नका आधारमा सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिइन् । कुनै पनि उम्मेदवारले आफ्नो सुरक्षामा चुनौती महसुस गरी निवेदन दिएमा आवश्यकताअनुसार तत्काल सुरक्षा उपलब्ध गराइने उनले स्पष्ट पारिन् ।

निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन जिल्लामा १०० जना सुरक्षाकर्मी थप गरिएको र उनीहरू सडक, गाउँघर तथा संवेदनशील क्षेत्रमा परिचालन भइसकेको उनको भनाइ छ ।

थप सुरक्षाकर्मीको उपस्थितिलाई शङ्काको रूपमा नलिन आग्रह गर्दै उनले सबै सुरक्षाकर्मी सुरक्षा योजनाअनुसार परिचालित भइरहेका बताइन् । आवश्यकताअनुसार थप सुरक्षाकर्मीसमेत खटाइने उनले उल्लेख गरिन् ।

नियमित गस्तीका क्रममा कुनै उम्मेदवारसँग सम्बन्धित व्यक्तिको आसपास सुरक्षाकर्मी देखिनु संयोग मात्र हुनसक्ने जनाउँदै त्यसलाई विशेष सुरक्षा दिइएको अर्थमा नबुझ्न उनको आग्रह छ । साथै, हराएका हतियारको खोजी कार्य निरन्तर जारी रहेको जानकारी दिँदै ती हतियार प्रयोगमा नआउने सुनिश्चित गर्न प्रहरीले खोजी तीव्र बनाएको पनि बताइन् । रासस





Read More