― Advertisement ―

युवाहरूले बढ्दो रूपमा AI लाई विश्वास गर्दैनन् – वा अरबपतिहरू जसले हामीलाई बताउँछन् कि हामी सबैले AI लाई माया गर्नुपर्छ, सर्वेक्षणले पत्ता लगायो

जवानहरू पढाइप्रति आकर्षित हुँदैछन्। AIलगभग आधाले AI ले आफ्नो करियरमा नकारात्मक प्रभाव पार्ने बताउँछन्उनीहरू एआईका प्रमुख व्यक्तित्वहरू र कार्यकारीहरूमाथि पनि शंका गर्छन्युवा अमेरिकीहरू एआईलाई...
HomeLatest newsअयान एग्रो ट्रेडर्स र स्टोर अन द डोरलाई साढे २ लाख बढी...

अयान एग्रो ट्रेडर्स र स्टोर अन द डोरलाई साढे २ लाख बढी जरिबाना


राष्ट्रिय

समाचार.

  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई व्यावसायिक फर्मलाई २ लाख ५१ हजार रुपैयाँ जरिबाना तिराएको छ।
  • ललितपुरको अयान एग्रो ट्रेडर्सलाई २ लाख र काठमाडौंको स्टोर अन द डोर प्रालिलाई ५१ हजार रुपैयाँ जरिबाना गरिएको छ।
  • विभागले दुई दिनमा २५ फर्म अनुगमन गरी एक फर्मलाई कागजातसहित उपस्थित हुन र २२ फर्मलाई सुधार गर्न निर्देशन दिएको छ।

१३ माघ, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई व्यावसायिक फर्मलाई २ लाख ५१ हजार रुपैयाँ जरिबाना तिराएको छ ।

विभागले सोमबार र मंगलबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरेको बजार अनुगमन क्रममा कैफियत भेटिएका ललितपुरको अयान एग्रो ट्रेडर्स र काठमाडौंको स्टोर अन द डोर प्रालिलाई उक्त जरिबाना तिराएको हो ।

विभागको अनुगमन टोलीले सोमबार ललितपुर महानगरपालिका–२९ स्थित अयान एग्रो ट्रेडर्सलाई २ लाख रुपैयाँ जरिबाना गरेको थियो। मंगलबार काठमाडौं नागार्जुन नगरपालिका–४ सीतापाइलास्थित स्टोर अन द डोर प्रालिलाई ५१ हजार रुपैयाँ जरिबाना तिराएको छ ।

यसका साथै विभागले दुई दिन अवधिमा २५ फर्म अनुगमन गर्दा एक फर्मलाई कागजात सहित उपस्थित हुन र २२ लाई सुधार गर्न निर्देशन दिएको छ ।

जरिबाना बाहेक कारबाहीमा सोमबार ललितपुर–८ स्थित जुना ट्रेडिङ प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर तीन दिनभित्र विभागमा उपस्थित हुन पत्राचार गरिएको थियो । यस्तै ११ फर्मलाई सामान्य निर्देशन दिइएको थियो ।

मंगलबारको अनुगमनमा बालाजुका गणपति खाद्य भण्डार, शुभाङ्गी गोल्ड, चन्द्रागिरिका हरपल फुड्स लगायत ११ फर्मलाई सुधार गर्न निर्देशन दिइएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More