― Advertisement ―

LifeLock को ‘सहज र शक्तिशाली’ पहिचान चोरी सुरक्षा एक कारणको लागि उच्च मूल्याङ्कन गरिएको छ — LifeLock Advanced ले तपाईंको सम्पूर्ण परिवारलाई सुरक्षित गर्न...

जब यो पहिचान चोरी सुरक्षाको कुरा आउँछ, त्यहाँ एउटा कारण हो LifeLock लाई हाम्रो गाइड।यदि तपाईंले वार्षिक रूपमा तिर्नु हुन्छ भने, डेटा-इन-लिंकमा वार्षिक रूपमा...
HomeLatest newsनिर्वाचन आयोग परिसरको सुरक्षा व्यवस्था कडा (तस्वीरहरू)

निर्वाचन आयोग परिसरको सुरक्षा व्यवस्था कडा (तस्वीरहरू)



२ माघ, काठमाडौं । निर्वाचन आयोग परिसरको सुरक्षा व्यवस्थामा कडा पारिएको छ । आसन्न निर्वाचनको तयारीका लागि निर्वाचन आयोग परिसरमा चहलपहल बढिरहेका बेला नेपाली कांग्रेस विभाजनपछि आधिकारिकताका लागि दुई पक्षीय नेता-कार्यकता आउजाउ बाक्लिएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।

अहिले निर्वाचन आयोगको मुख्यद्वारमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ भने बाहिर ‘वाटर क्यानन’ पनि तयारी अवस्थामा राखिएको छ । शेरबहादुर देउवा नेतृत्वको कांग्रेस र गगन थापा नेतृत्वको कांग्रेसका नेताहरू आजै निर्वाचन आयोग पुगेर आधिकारिकताको दाबी गरेका थिए ।

केहीबेरअघि थापा नेतृत्वको कांग्रेसका कार्यकर्ताहरू निर्वाचन आयोगमा धर्ना बसेका थिए भने अहिले देउवा नेतृत्वको कांग्रेसका कार्यकर्ता,तरुण दलका अध्यक्ष विद्वान गुरुङसहितका नेता कार्यकर्ता आयोग परिसरमा धर्ना दिन पुगेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More