― Advertisement ―

पर्खनुहोस्, के यो वास्तवमै राम्रो गेमिङ ल्यापटप सम्झौता हो? यो Gigabyte A16 मा RTX 5070 र 32GB को RAM $ 1,249 को लागि सुविधा...

यो कुनै गोप्य कुरा छैन कि आजकल गेमिङ ल्यापटपमा राम्रो सम्झौता पाउन गाह्रो छ। कम्पोनेन्टहरूको बढ्दो मूल्यले वास्तवमा सबै मेसिनहरूमा असर गरेको छ —...
HomeLatest newsनिर्वाचन आयोगले भन्यो- भृकुटीमण्डपको विशेष महाधिवेशनबारे हिजै पत्र आएको थियो

निर्वाचन आयोगले भन्यो- भृकुटीमण्डपको विशेष महाधिवेशनबारे हिजै पत्र आएको थियो


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले मंगलबार निर्वाचन आयोगमा भृकुटीमण्डपमा महाधिवेशन चलिरहेको जानकारी गराएका छन्।
  • निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विशेष महाधिवेशनबाट निर्णय भए अद्यावधिक विवरण पठाउने जानकारी दिएका छन्।
  • देउवा पक्षधरहरूले बुधबार आफूहरूको कुनै महाधिवेशन नभएको भनी आयोगमा पत्राचार गरेका छन्।

३० पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले मंगलबार नै निर्वाचन आयोगमा पत्राचार गरेको खुलेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, विशेष महाधिवेशन पक्षधरहरूले नै ‘हाम्रो महाधिवेशन चलिरहेको छ’ भनेर आयोगमा जानकारी गराएका हुन् ।

‘उहाँहरूले भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहेको छ भनेर अरु विवरणसहित जानकारीपत्र पठाउनुभएको रहेछ,’ भट्टराईले अनलाइनखबरसँग भने, ‘विशेष महाधिवेशनबाट कुनै निर्णय भए अद्यावधिक विवरण पठाउनेछौं भनेर जानकारी गराउनुभएको रहेछ ।’

विशेष महाधिवेशन पक्षधरले आयोगमा पत्र पठाएको सूचना देउवा पक्षधरले थाहा पाएका थिए ।

त्यसपछि उनीहरूले पनि बुधबार आफूहरूको कुनै महाधिवेशन वा भेला नभएको भनी आयोगमा पत्राचार गरेका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More