― Advertisement ―

‘जब मैले पहिलो पटक यो शब्द लिएको थिएँ, यो पहिले कसैले सुनेको थिएन’ – सफ्टवेयर इन्जिनियरिङको जन्ममा नासाका पूर्व सफ्टवेयर निर्देशक मार्गरेट ह्यामिल्टनको दिनको...

कम्प्युटिङ उद्योग एक पटक हामीले आज देखेको भन्दा अपरिचित थियो, लेखन कोडको वरिपरि केन्द्रित अनुशासनको विचारलाई केहि प्रकारको काल्पनिक रूपमा मानिन्छ। सन् १९६० को...
HomeLatest newsचर्च ब्वाइज र श्री भगवतीले बाँडे अंक – KhabarHost

चर्च ब्वाइज र श्री भगवतीले बाँडे अंक – KhabarHost


राष्ट्रिय

समाचार.

  • चर्च ब्वाइज युनाइटेडले राष्ट्रिय लिगमा श्री भगवती क्लबसँग १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
  • श्री भगवतीले पहिलो हाफमा अग्रता लिएपनि दोस्रो हाफमा चर्च ब्वाइजले गोल फर्काएको हो ।
  • पहिलो खेलमा फ्रेण्ड्सले कांक्रेविहारलाई हराएर ३ अंक जोडेको छ ।

३० पुस, काठमाडौं । कप्तान एरिक विष्टले दोस्रो हाफमा गरेको गोल मदतमा चर्च ब्वाइज युनाइटेडले राष्ट्रिय लिगमा श्री भगवती क्लबसँग १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको राष्ट्रिय लिगको दोस्रो खेलमा पछिल्लो पटक भएको ए डिभिजन लिगको विजेता चर्च ब्वाइजले सुरुवातमा पछि परेर पनि पुनरागमन गरेको हो ।

हरिहर बुढामगरले ४५औं मिनेटमा गोल गर्दै श्री भगवतीलाई पहिले अग्रता दिलाएका थिए । चर्च ब्वाइजका लागि एरिकले ५६औं मिनेटमा बराबरी गोल फर्काए ।

बराबरीपछि दुवैले १-१ अंक बाँडेको छ ।

बुधबारै भएको पहिलो खेलमा फ्रेण्ड्स क्लबले कांक्रेविहारलाई ३-१ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

राष्ट्रिय लिग अन्तर्गत बिहीबार पनि दुई खेल हुनेछ । पहिलो खेलमा सातदोबाटो युथ क्लब र संकटा क्लबबीच बिहान ११ बजे खेल हुनेछ । यस्तै दोस्रो खेल लालिगुराँस एसोसिएसन र जावलाखेल युथ क्लबबीच दिउँसो ३ बजे हुनेछ  । दुवै खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

 





Read More