― Advertisement ―

गुगलको क्वान्टम चेतावनीले बिटकोइन ईन्क्रिप्शन चाँडै असफल हुन सक्छ भनी क्यूबिट आवश्यकताहरू भविष्यको साइबर सुरक्षा जोखिमहरूको बारेमा धारणाहरू परिवर्तन गर्ने सुझाव दिन्छ।

क्वान्टम रिसोर्सको अनुमानको तुलनामा द्रुत गतिमा कमी हुन सक्छ अपेक्षितकम गरिएको क्यूबिट आवश्यकताहरूले सैद्धान्तिक आक्रमणहरूलाई व्यावहारिक वास्तविकताको नजिक ल्याउँछबिटकोइनको क्रिप्टोग्राफिक आधारहरूले क्वान्टम एल्गोरिथ्म दक्षतालाई...
HomeLatest newsनिखिल उप्रेती जनकपुर बोल्ट्सको गुडविल एम्बासडर – KhabarHost

निखिल उप्रेती जनकपुर बोल्ट्सको गुडविल एम्बासडर – KhabarHost


राष्ट्रिय

समाचार.

  • जनकपुर बोल्ट्सले नेपाली चलचित्रका सुपरस्टार निखिल उप्रेतीलाई नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि गुडबिल एम्बासडर नियुक्त गरेको छ।
  • निखिल उप्रेतीले प्याराग्लाइडिङ स्टण्ट गर्दै गुडबिल एम्बासडर घोषणा गरिएको जनकपुर बोल्ट्सले जनाएको छ।
  • निखिल उप्रेतीले भने, ‘जनकपुर बोल्ट्स केवल एउटा टोली होइन, यो जनकपुर र सम्पूर्ण मधेशको गौरव हो ।’

२० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि जनकपुर बोल्ट्सले नेपाली चलचित्रका सुपरस्टार निखिल उप्रेतीलाई गुडविल एम्बासडर नियुक्त गरेको छ ।

जनकपुरले निखिल उप्रेतीलाई प्याराग्लाइडिङ स्टण्ट गराउँदै गुडबिल एम्बासडर घोषणा गरेको हो ।

यसले जनकपुर बोल्ट्सको आत्मा, साहस, दृढता र विजयको भावनालाई जीवन्त रूपमा प्रस्तुत गरेको जनकपुर बोल्टले जनाएको छ । उनको यो प्रदर्शनले टोलीको नारा ब्युटी फर भिक्ट्रीला२ नयाँ उचाईमा पुर्‍याएको टिमको विश्वास छ ।

यो साझेदारीले खेल, कला र प्रेरणाको शक्तिलाई एकै ठाउँमा जोड्दै जनकपुर बोल्ट्सको ब्रान्ड र पहिचानलाई अझ सशक्त बनाउने विश्वास टोलीले व्यक्त गरेको छ ।

गुडबिल एम्बासडर नियुक्त भएपछि निखिल उप्रेतीले उत्साह व्यक्त गर्दै भने, ‘जनकपुर बोल्ट्स केवल एउटा टोली होइन, यो जनकपुर र सम्पूर्ण मधेशको गौरव हो । यस टोलीसँग जोडिन पाउनु मेरो लागि सम्मानको विषय हो, उप्रेतीले भने, ‘विजयको आत्मा हरेक नेपालीमा बसोबास गर्छ, र म त्यो आत्मालाई जनकपुर बोल्ट्ससँग मिलेर जगाउन चाहन्छु ।’

जनकपुर बोल्ट्सका जनरल म्यानेजर निरोज खतिवडाले भने, ‘निखिल उप्रेती नेपाली युवाहरूका लागि साहस र दृढताको प्रतीक हुन् । उनको देशप्रेम, अनुशासन र सकारात्मक ऊर्जा हाम्रो टोलीको मूल्य र दर्शनसँग मेल खान्छ । हामी उहाँलाई हाम्रो गुडबिल एम्बासडरको रूपमा स्वागत गर्न गर्व महसुस गर्छौं ।’

यो साझेदारीले जनकपुर बोल्ट्सलाई केवल खेल मैदानमा होइन, समाजमा प्रेरणाको स्रोतका रूपमा पनि अघि बढाउने टिमको अपेक्षा छ ।

साविक विजेता जनकपुर बोल्ट्सले दोस्रो संस्करणमा उपाधि रक्षा गर्ने लक्ष्यसहित तयारी तिव्र बनाएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More