― Advertisement ―

निन्जाले घरको कफी निर्माताहरूसँगको सबैभन्दा ठूलो, सबैभन्दा घिनलाग्दो समस्या समाधान गरेको छ, र बरिस्टाको रूपमा, म विश्वास गर्न सक्दिन कि कसैले यो पहिले सोचेको...

म यहाँ TechRadar मा धेरै कफी मेसिनहरूको परीक्षण गर्छु - प्रत्येक वर्ष एक दर्जन भन्दा बढी - र त्यहाँ एउटा कुरा छ जसले मलाई...
HomeLatest newsबिरामी बोक्ने एम्बुलेन्समा भेटियो गाँजा, दुई जना पक्राउ

बिरामी बोक्ने एम्बुलेन्समा भेटियो गाँजा, दुई जना पक्राउ



२० कात्तिक, विराटनगर । मोरङमा बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्समा गाँजा बरामद भएको छ ।

बुधबार राति लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको प्रहरी टोलीले जहदा गाउँपालिका-३ बाट स.१ च. ६५६ नम्बरको एम्बुलेन्समा गाँजा बरामद भएको हो ।

गाँजा भेटिएपछि प्रहरीले २ जनालाई  पक्राउ गरेको छ । चेकजाँचका क्रममा एम्बुलेन्स भित्र कालो रंगको झोलामा ३३ किलो ६१० ग्राम गाँजा बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।

गाँजा ओसार पोसारमा संलग्न एम्बुलेन्स चालक विराटनगर-५ का ३२ वर्षीय दुर्गाप्रसाद राजवंशी र एम्बुलेन्स संगै रहेका को ३१ प ८८८९ नम्बरको मोटरसाइकल चालक जहदा गाउँपालिका-३ का ३२ वर्षीय दिलीपकुमार राजवंशीलाई नियन्त्रणमा लिएको छ ।

दिलीप गाडी स्कटिङ गर्दै अघि बढेको अवस्थामा पक्राउ परेका हुन् । दुवैमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More