― Advertisement ―

‘ह्याक गरिएको’: ह्याकरले Seiko USA वेबसाइटलाई बिगार्छ र ‘पूरा ग्राहक डाटाबेस’ को चोरीको दाबी गर्छ – यहाँ हामीलाई थाहा छ

सेइको यूएसएड वेबसाइट आक्रमणकारीहरूले Shopify ब्याकएन्ड उल्लङ्घन दाबी गर्छन्धम्की अभिनेताहरूले पूर्ण ग्राहक डाटाबेसको चोरीको आरोप लगाउँछन्, 72 घण्टा भित्र फिरौती माग्छन्अहिलेसम्म कुनै डार्क वेब...
HomeLatest newsनयाँ दलप्रति ओलीको टिप्पणी- भोलि उठी कहाँ जाने केही थाहा छैन…

नयाँ दलप्रति ओलीको टिप्पणी- भोलि उठी कहाँ जाने केही थाहा छैन…



१० माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ आएका राजनीतिक दलहरूसँग भोलिको भविष्यबारे केही पनि थाहा नभएको टिप्पणी गरेका छन् ।

शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले नारायणगोपालले सुनाएको गित स्मरण गरे ।

‘सायद नारायणगोपालले गाउनुभएको होला, भोलि उठी कहाँ जाने केही थाहा छैन, फर्कि आउने हो कि होइन केही थाहा छैन,’ ओलीले भने, ‘उहाँ (नयाँ दल) हरूको यात्रा त्यस्तै हो । भोलि कहाँ जाने त्यो पनि थाहा छैन, भोलि कहाँ जाने त्यो पनि थाहा छैन ।’

एनले आफूले नयाँ भनिएका दलका एक जनाको फेसबुक स्टाटस हेरेको बताए । उक्त स्टाटसमा आफूलाई मोटोमुनि गाडिदिने कुरा लेखेको भन्दै ओलीले आपत्ति जनाए ।

‘एउटा स्टाटस हेरेको थिएँ मैले, अहिलेको नयाँहरूले लेखेछन्, केपी ओली महत्त्वपूर्ण हुनुहुन्छ, त्यसकारण उहाँलाई मोटोमुनि गाडिदिनुपर्छ । कस्तो मति, कस्तो बुद्धि, कस्तो राजनीति, हामी विचार गर्न सक्छौं,’ ओलीले भनेका छन् ।

अहिले देश बनाउने र जलाउनेबीचको लडाईं जारी रहेको ओलीको भनाइ छ ।

‘कस्तो पवित्र भावना हेर्नुस् त मान्छे गाडिदिने ज्युँदै । त्यसकारण देश जलाउने र बनाउनेकाबीचको लडाईं छ अहिले । हामी देश बनाउने काममा जुट्नुपर्छ,’ उनले भने ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More