― Advertisement ―

इरान-सम्बन्धित ह्याकरहरूले एफबीआई ड्रोन उल्लङ्घन र विश्व कपको खतरा दावी गरे किनभने प्रश्नहरू प्रमाण र निगरानी प्रणालीको वरिपरि घुम्छन्।

इरान-समूहमा ड्रोन-एन्सिलिङ्को पहुँच भएको दाबी डाटाह्याकरहरूले सार्वजनिक चेतावनी जारी गरेपछि विश्व कप सुरक्षा स्पटलाइटमा प्रवेश गर्दछहान्डलाले हालै अमेरिकी संस्थाहरू संलग्न दावीहरूको साथ ध्यान विस्तार...
HomeLatest newsधनकुटाको सिफारिस प्रदेशले उल्टायो, झापा ५ मा ओलीको नाम अनुमोदन – KhabarHost

धनकुटाको सिफारिस प्रदेशले उल्टायो, झापा ५ मा ओलीको नाम अनुमोदन – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेकपा एमाले कोशी प्रदेश कमिटीले धनकुटाबाट एकल उम्मेदवार राजेन्द्र राईको नाममा उपाध्यक्ष टीकाराम चेम्जोङ र शकुन्तला बस्नेतको नाम थप गरी केन्द्रमा पठाउने निर्णय गरेको छ।
  • प्रदेश कमिटीले झापा क्षेत्र नम्बर ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकल नाम सिफारिस गरेको छ।
  • सचिवालय बैठकले प्रत्यक्षतर्फ सिफारिस भएका उम्मेदवारहरूको नाम सुझावसहित केन्द्रमा पठाउने निर्णय गरेको छ।

२४ पुस, विराटनगर । नेकपा एमाले धनकुटाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पठाएको एकल उम्मेदवारको सिफारिस प्रदेश कमिटीले उल्टाइदिएको छ ।

जिल्ला कमिटी मार्फत पूर्वसांसद तथा मन्त्री राजेन्द्र राईले आफ्नो एकल नाम सिफारिस गराएका थिए । प्रदेश कमिटीको सचिवालय बैठकले दुई जना आकाक्षीको नाम थप गर्दै केन्द्रमा पठाउने निर्णय गरेको हो ।

नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाका अनुसार,धनकुटाबाट सिफारिस भएको नाममा प्रदेश कमिटीका उपाध्यक्ष टीकाराम चेम्जोङ र नेतृ शकुन्तला बस्नेतको नाम थप गरी केन्द्रमा पठाउने निर्णय भएको हो ।

धनकुटाबाट सुरुमा एकल नाम सिफारिस भएर आए पनि अन्य योग्य आकांक्षीहरूलाई समेत समेट्न प्रदेश कमिटीले थप नाम समावेश गरेको उनले बताए ।

अन्य जिल्लाको हकमा भने पार्टीको निर्धारित मापदण्ड अनुसार नै सुझावसहित नामहरू अनुमोदन गरिएको उनले बताए ।

खतिवडाका अनुसार झापा क्षेत्र नम्बर ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकल नाम सिफारिस भएको थियो ।

भोजपुरबाट केन्द्रीय सचिव शेरधन राई, इलाम क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङ र सुनसरी क्षेत्र नम्बर ४ बाट जगदीश कुसियैतको एकल नाम सिफारिस भएको थियो । एकल उम्मेदवार सिफारिस मध्ये ४ वटा क्षेत्रको सिफारिसलाई अनुमोदन गर्दै केन्द्रमा पठाएको उनले बताए ।

सचिवालयको बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस भई आएका उम्मेदवारहरूको नाम आवश्यक सुझावसहित केन्द्रमा पठाउने निर्णय गरेको खतिवडाले बताए ।

प्रदेश सचिवालयको बैठकपछि आकांक्षीको लिष्ट बोकेर प्रदेश अध्यक्ष घनश्याम खतिवडा काठमाडौं पुगेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More