― Advertisement ―

GPS ले हिमाल, गगनचुम्बी भवन र देशको फराकिलो भूगोलसँग संघर्ष गरेपछि जापानले आफ्नै स्याटेलाइट नेभिगेसन प्रणाली बनाएको छ।

विशिष्ट रूपमा QZSS को वरिपरिको वातावरण डिजाइन गर्न गाह्रो थियो। भूगोलसात-उपग्रह नक्षत्रले जापानलाई निरन्तर घरेलु नेभिगेसन कभरेजको नजिक ल्याउँछQZS-5 प्रक्षेपणको क्रममा हराएपछि QZS-7 सफलतापूर्वक...
HomeLatest newsदेवेन्द्र दाहालको संयोजकत्वमा केपी ओलीको निर्वाचन परिचालन समिति

देवेन्द्र दाहालको संयोजकत्वमा केपी ओलीको निर्वाचन परिचालन समिति



९ माघ, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जिताउन देवेन्द्र दाहालको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ । यो समितिको सहसंयोजकमा दीपक कार्की र मेनुका काफ्ले तोकिएका छन् ।

‘परिचालन समितिका संयोजक दाहालले २०४८ सालदेखि नै ओलीको चुनावी संयोजन गर्दै आएका छन्। हाम्रा चुनावी कमाण्डर र सहकमाण्डर विगतका निर्वाचनमा रणनीति बनाउने र त्यसको सफल कार्यन्वयन गर्ने नेता हुनुहुन्छ,’’ पार्टीका क्षेत्रीय संयोजक एवं परिचालन कमिटीका सचिव नारायण गौतमले भने, ‘उहाँहरुको नेतृत्वमा पार्टीका सबै कमिटी, कार्यकर्ताहरु परिचालन हुन्छन् । अध्यक्ष केपी शर्मा ओलीलाई जिताउन हामी सबै मतदाता केन्द्रीत कार्यक्रम लिएर घरैघरै जान्छौं ।’

निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले परिचालन कमिटी मातहत रहने गरी अरु ९ वटा उपसमिति पनि बनाइएको छ। समितिमा यो निर्वाचन क्षेत्रमा घर भएका नेताहरुलाई राखिएका छन्।





Read More