― Advertisement ―

HomeLatest newsथन्डर बोल्ट्स कप फुटसलमा ब्लु बर्ड कलेज च्याम्पियन

थन्डर बोल्ट्स कप फुटसलमा ब्लु बर्ड कलेज च्याम्पियन


राष्ट्रिय

समाचार.

  • तेस्रो थन्डर बोल्ट्स कप २०२५ अन्तर्गत यू–१८ फुटसल छात्रतर्फको फाइनलमा ब्लु वर्ड कलेजले रिब्सलाई ५–१ ले पराजित गर्दै उपाधि जितेको छ।
  • यू–१६ छात्रतर्फको बास्केटबल सेमिफाइनलमा रातो बङ्गला स्कुलले मातृभूमि स्कुललाई ४८–२५ र जेम्स स्कुलले एमआरआई स्कुललाई पराजित गरेको छ।
  • यु–१८ छात्रा र छात्र विधातर्फ गोल्डेनगेट इन्टरनेसनल कलेज, ब्लु वर्ड कलेज, मनासलु स्कुल, र जेभियर इन्टरनेसनल कलेजले सेमिफाइनलमा प्रवेश गरेका छन्।

७ पुस, काठमाडौं । जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा सञ्चालन भइरहेको तेस्रो थन्डर बोल्ट्स कप २०२५ अन्तर्गत सोमबार सम्पन्न यू–१८ फुटसल छात्रतर्फको फाइनलमा ब्लु वर्ड कलेजले रिब्सलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको छ ।

तेस्रो स्थानका लागि भएको खेलमा जेम्स स्कुललाई ५–१ ले पराजित गरी तेस्रो स्थान हासिल गर्‍यो ।

व्यक्तिगत विधातर्फ जेम्स स्कुलका स्वयम् श्रेष्ठ सर्वाधिक गोलकर्ता बने भने ब्लु वर्ड कलेजका निशान विष्ट उत्कृष्ट गोलरक्षक र सुजन तामाङ उत्कृष्ट खेलाडी घोषित भए ।

सोमवार नै भएको बास्केटबलको यु–१६ छात्रतर्फको सेमिफाइनलमा रातो बङ्गला स्कुलले मातृभूमि स्कुललाई ४८–२५ ले पराजित ग¥यो भने अर्को खेलमा जेम्स स्कुलले एमआरआई स्कुलमाथि जित दर्ता गर्‍यो ।

त्यस्तै यु–१८ छात्रा विधातर्फ गोल्डेनगेट इन्टरनेसनल कलेजले ब्लु वर्ड कलेजलाई ३१–२७ ले तथा जेम्स स्कुलले जेभियर इन्टरनेसनल कलेजलाई ४०–१४ को फराकिलो अन्तरले पराजित गर्‍यो ।

यु–१८ छात्र विधातर्फ मनासलु स्कुलले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ५०–४६ ले तथा अर्को सेमिफाइनलमा जेभियर इन्टरनेसनल कलेजले सेन्ट जेभियर्स स्कुललाई ७९–४९ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More