― Advertisement ―

UFC 327 साँच्चै सस्तो हेर्न को लागी एक डरलाग्दो तरीका छ …

UFC 327 ले मियामीको कासेया सेन्टरमा रहेको खाली UFC लाइट हेवीवेट च्याम्पियनसिपको लागि Jiří Procházka ले कार्लोस उलबर्गसँग खेल्दा उच्च दांवको नाटक गर्ने वाचा...
HomeLatest newsतीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना – KhabarHost

तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना – KhabarHost


राष्ट्रिय

समाचार.

  • प्रेस काउन्सिल नेपालले गत साउन १ देखि असोज ३१ गतेसम्म प्रेस स्वतन्त्रता हननका ५९ घटना घटेको जनाएको छ।
  • ती घटनामा ३४ आक्रमण/कुटपिट, १० धम्की÷दुव्र्यवहार, आठ पेसागत असुरक्षा, पाँच कब्जा÷अवरोध र दुई नीतिगत बन्देज रहेका छन्।
  • बागमती प्रदेशमा सबैभन्दा बढी ४४ घटना भएका छन् र ४६ जना पत्रकार पीडित भएका छन् जसमा ४३ पुरुष र तीन महिला छन्।

२५ कात्तिक, काठमाडौं । पछिल्ला तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना घटेको प्रेस काउन्सिल नेपालले जनाएको छ ।

गत साउन १ गतेदेखि गत असोज ३१ गतेको अवधिमा सो सङ्ख्यामा प्रेस स्वतन्त्रता हननका घटना भएको काउन्सिलले जनाएको हो ।

तीमध्ये सबैभन्दा धेरै आक्रमण/कुटपिटका ३४ घटना  रहेको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवम् प्रवक्ता दीपक खनालले जानकारी दिए ।

त्यसैगरी धम्की÷दुव्र्यवहारका १०, पेसागत असुरक्षाका आठ, कब्जा÷अवरोधका पाँच र नीतिगत बन्देजका दुई घटना घटेको जनाइएको छ ।

प्रदेशअनुसार सबैभन्दा बढी बागमती प्रदेशमा ४४, मधेश प्रदेशमा ६, लुम्बिनीमा चार, कोशीमा तीन, सुदूरपश्चिममा एकवटा घटना घटेका छन् ।

लैङ्गिक आधारमा यस अवधिमा भएका घटनामा ४३ पुरुष र तीन महिला गरी ४६ जना पत्रकार पीडित भएको पाइएको छ ।

यस अवधिमा प्रेस स्वतन्त्रता दुरुपयोगका दुई घटना घटेकामा बागमती प्रदेशमा एक र मधेश प्रदेशमा एक घटना घटेका हुन् ।

यसैबीच प्रेस काउन्सिल नेपालको एक टोलीले जेनजीको नाममा गत भदौ २३ र २४ गतेको प्रदर्शनका कममा काठमाडौं उपत्यकाका सञ्चारमाध्यममा भएको तोडफोड, आगजनीबारे स्थलगत अनुगमन गरेको थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More