― Advertisement ―

Heartstopper Forever सँग नयाँ Netflix चलचित्रमा एक शानदार अप्रत्याशित द ओडिसी इस्टर एग छ – र यो मात्र होइन कि तिनीहरू दुबैको रिलीज मिति...

Spoilers for Heartstopper Forever अगाडि। चलचित्र मन पराउने जो कोहीको लागि जुलाई १७ एक उत्कृष्ट दिन थियो। हामीले क्रिस्टोफर नोलानको महाकाव्य The Odyssey, तर Netflix...
HomeLatest news३ दिनपछि बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे – KhabarHost

३ दिनपछि बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे – KhabarHost


राष्ट्रिय

समाचार.

  • सेयर बजारमा २५ कात्तिकमा नेप्से परिसूचक ३.२१ अंकले बढेर २५६५ अंकमा पुगेको छ।
  • आज १४२ कम्पनीको मूल्य बढ्दा १०२ कम्पनीको घटेको र १० कम्पनीको स्थिर रहेको छ।
  • बन्दीपुर केबुलकार, माबिलुङ इनर्जी, सागर डिस्टिलरी र बुङ्गल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

२५ कात्तिक, काठमाडौं । अघिल्ला तीन कारोबार दिन लगातार झरेको सेयर बजार मंगलबार बढेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ३.२१ अंक बढेको हो ।

सो वृद्धिपछि २५६५ अंकमा नेप्से अडिएको छ । आज सुरुवाती कारोबारपछि करिब साढे १ बजेसम्म ओरालो लागेको नेप्से त्यसपछि सम्हालिएको हो ।

१४२ कम्पनीको मूल्य बढ्दा १०२ को घट्यो भने १० को स्थिर रह्यो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ५१ करोडको कारोबार भएकोमा आज ३ अर्ब ६२ करोडको भयो ।

समूहगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.०७, हाइड्रोपावर ०.७७, जीवन बीमा ०.५७, उत्पादन तथा प्रशोधन ०.३३, निर्जीवन बीमा ०.५० तथा व्यापार ०.६९ प्रतिशत बढे ।

अन्य ०.६७, माइक्रोफाइनान्स ०.०५, लगानी ०.२९, होटल तथा पर्यटन ०.३८, फाइनान्स ०.६१ तथा विकास बैंक ०.४७ प्रतिशत घटे ।

चार कम्पनीको सेयर मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा सबै हालै सूचीकृत भएका कम्पनी छन् । बन्दीपुर केबुलकार, माबिलुङ इनर्जी, सागर डिस्टिलरी र बुङ्गल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको हो ।

त्यस्तै दरामखोला हाइड्रोपावरको ६.८८, इस्टर्न हाइड्रोपावरको ६.२९ तथा स्वस्तिक लघुवित्तको ४ प्रतिशत मूल्य बढ्यो । सिटी होटलको मूल्य सबैभन्दा धेरै ४.९६ प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा साहस ऊर्जा, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, शिवम् सिमेन्ट र सिनर्जी पावर छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More