― Advertisement ―

किन्डल प्राइम डे डिलहरू पहिले नै सुरु भइसकेका छन् — म Kindle, Paperwhite र Colorsoft सबै 33% सम्मको छुटमा बिक्रीमा देख्छु, एउटा सानो क्याचको...

गत वर्षको ठूलो बिक्रीको रूपमा, Amazon ले आफ्नो प्राइम डे सुरु गरेको छ Kindle यो वर्षको सुरुमा डिलहरू छन्। कार्यक्रम प्राविधिक रूपमा अर्को मंगलबार...
HomeLatest newsतीन दशकपछि थानीको क्षेत्रमा कांग्रेसबाट कोइराला उम्मेदवार

तीन दशकपछि थानीको क्षेत्रमा कांग्रेसबाट कोइराला उम्मेदवार



५ माघ, सुर्खेत । नेपाली काँग्रेसले सुर्खेत क्षेत्र नम्बर–२ मा युवा नेता नारायण कोइरालालाई टिकट दिएको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको यो क्षेत्रमा कांग्रेसले कोइरालालाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको हो ।

विगत तीन दशक देखि चुनाव लड्दै आएका कांग्रेस नेता हृदयराम थानीले माघ १ गते एकाएक चुनाव नलड्ने घोषणा गरेका थिए । २०५१ देखि चुनाव लड्दै आएका थानीले नलड्ने घोषणा गरेपछि कांग्रेसले युवा नेता कोइरालालाई टिकट दिएको छ ।

शालीन र वौद्धिक छवि बनाएका कोइराला युवाहरूमाझ लोकप्रिय नेताको रूपमा चिनिन्छन् । उनी संसदीय चुनावमा पहिलो पटक होमिँदै छन् ।  कोइरालालाई सोमबार पार्टी केन्द्रले टिकट दिएको छ । यो क्षेत्रमा कोइरालाको उम्मेदवारीलाई युवा वर्गले स्वागत गरेको छ





Read More