― Advertisement ―

चन्द्रमामा 5.6 मिलियन नामहरू लिन प्रयोग गरिएको एउटै माइक्रोएसडी कार्ड आर्टेमिस II मिशनको भागको रूपमा किन्नको लागि उपलब्ध छ।

केवल धेरै भाग्यशाली थोरै मानिसहरूले कहिल्यै अन्तरिक्षमा यात्रा गर्न पाउँछन्, तर 5.6 मिलियन भन्दा बढी नामहरूले भर्खरै चन्द्रमाको वरिपरि यात्रा पूरा गरे, माइक्रोएसडी कार्डमा...
HomeLatest newsडोल्पामा आफ्नै दाजु-भाइदेखि गाउँपालिकामा पराजित उम्मेदवारसम्मको चुनावी भिडन्त

डोल्पामा आफ्नै दाजु-भाइदेखि गाउँपालिकामा पराजित उम्मेदवारसम्मको चुनावी भिडन्त



८ माघ, डोल्पा । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला डोल्पामा एक स्वतन्त्रसहित नौ जनाले मनोनयन दर्ता गराएका छन् ।

विभिन्न ७ राजनीतिक दलहरूबाट उम्मेदवारी दिएका अधिकांश नेताहरू पुरानै अनुहार छन् । यो पटक केही नयाँ पुस्ताका उम्मेदवार पनि चुनावी मैदानमा छन् । नयाँ र पुराना अनुहारबीच हुने प्रतिस्पर्धा रोचक हुने अनुमान छ ।

डोल्पामा नेकपाबाट पूर्वमन्त्री धनबहादुर बूढा, नेपाली कांग्रेसबाट केन्द्रीय सह-महामन्त्री कर्णबहादुर बूढा, नेकपा एमालेबाट लंक रोकाया र उज्यालो नेपाल पार्टीबाट दीलबहादुर विष्टले उम्मेदवारी दिएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट देव सिंह ऐडी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट विकास बूढा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट हरि डाँगी, मितेरी नेपाल पार्टीबाट जुनु भण्डारी र तत्कालीन माओवादीका नेता ओमेन्द्र केसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

को उम्मेदवार कस्ता ?
नेकपाबाट उम्मेदवार बनेका पूर्वमन्त्री धनबहादुर डोल्पाका प्रभावशाली र अनुभवी नेताका रूपमा मानिन्छन् । बूढा यसअघि २०७०, २०७४ र २०७९ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका व्यक्त हुन् । चौथो पटक चुनावमा होमिएका उनी बलिया प्रतिस्पर्धीका रूपमा रहेका छन् ।

उनी राजनीतिक अनुभव र सङ्गठनात्मक पकड भएको नेताको रूपमा चिनिन्छन् । राप्रपाको पृष्ठभूमिबाट राजनीतिमा उदाएका उनी ०७० को संविधान सभा निर्वाचन र ०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेर विजयी भएका थिए ।

त्यति बेला उनले ११ हजार ७ सय ६१ मत ल्याएर नेपाली काँग्रेसका उम्मेदवार अंगद बूढालाई पराजित गरेका थिए । एमाले विभाजन हुँदा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेका बुढा ०७९ सालको निर्वाचनमा तत्कालीन एकीकृत समाजवादीबाटै चुनाव लडेका थिए । उनले ११ हजार २ सय ९२ मत ल्याएर विजयी भएका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गणेशबहादुर शाहीलाई ५ हजार ७८७ मतान्तरले पराजित गरेका थिए । पराजित शाहीले ५ हजार ५०५ मत ल्याएका थिए । २०७९ मा नेपाली काँग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादीले गठबन्धन गरेका थिए ।

बूढाले २०७० को दोस्रो संविधान सभा निर्वाचनताका राप्रपा छाडेर एमाले प्रवेश गरेका थिए । पछि एमाले पनि छाडेर एकीकृत समाजवादी हुँदै हाल नेकपासम्म आइपुगेका हुन् । उनी ‘क’ श्रेणीका निर्माण व्यवसायीसमेत हुन् ।

उनको यो पटक आफ्नै सहोदर दाइसँग प्रतिस्पर्धा हुनेछ । नेपाली काँग्रेसबाट उम्मेदवार बनेका कर्णबहादुर भर्खरै मात्र सम्पन्न काँग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सहमहामन्त्रीमा निर्वाचित नेता हुन् ।

२०४८ सालदेखि राप्रपाबाट राजनीतिक सुरु गरेका कर्णले राप्रपाबाटै तीन पटक प्रतिनिधिसभा चुनाव लडेका थिए । तर तीनै पटक पराजित भए ।

उनी राप्रपामा तीन पटक निर्वाचित केन्द्रीय सदस्य र एक पटक सहमहामन्त्री मनोनीत भएका थिए । २०५१ सालमा काँग्रेसकै बागी उम्मेदवार मोतीप्रसाद पहाडीसँग पराजित भएका थिए । त्यसपछि २०५६ सालमा एमालेका नरबहादुर बुढाथोकी र २०६४ सालमा तत्कालीन माओवादीका रामबहादुर बोहरासँग पराजित भएका थिए ।

राप्रपाबाट २०७६ सालमा काँग्रेसमा केन्द्रीय सदस्यको रूपमा प्रवेश गरेका उनी अहिले सहमहामन्त्री छन् ।

नेकपा एमालेबाट उम्मेदवार बनेका लंक जिल्ला पार्टी कमिटीका अध्यक्ष हुन् । उनी विद्यार्थी राजनीति हुँदै जिल्ला पार्टीको नेतृत्वमा पुगेका हुन् । २०७४ र २०७९ मा मुड्केचुला गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार बनेका उनी दुवै पटकको निर्वाचनमा पराजित बने ।

२०७४ मा तत्कालीन माओवादी केन्द्रका उम्मेदवार दत्त शाही सँग झिनो मतान्तरले पराजित बनेका उनी २०७९ मा पनि उनै साहीसँग ३७ मतले पराजित भए । दुई पटकको हार हुँदा पनि नथाकेका लंकलाई यो पटक एमालेले डोल्पाबाट प्रतिनिधिसभा उम्मेदवार बनाएको छ ।

यो पटक उनको प्रतिस्पर्धा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार बूढासँग हुने देखिन्छ । जसलाई उनका राजनीतिक गुरुका रूपमा समेत लिइन्छ । गुरु–चेलाबीचको यो प्रतिस्पर्धाले डोल्पाको राजनीति थप रोचक बनाउने स्थानीयहरू बताउँछन् ।

उज्यालो नेपाल पार्टीका उम्मेदवार विष्ट समाजसेवामा सक्रिय रहे पनि राजनीतिमा भने सधैँ असफलताको ट्याग लागेको नेता हुन् । त्रिपुरा सुन्दरी नगरपालिका–१ त्रिपुराकोट निवासी विष्ट पनि दुई पटकको स्थानीय तहको निर्वाचनमा पराजय भोगेका व्यक्ति हुन् ।

उनी ०७४ सालको निर्वाचनमा नेपाली काँग्रेस र २०७९ सालको निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रदेखि निर्वाचनमा होमिएका थिए ।

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट उम्मेदवार बनेका २६ वर्षीय युवा विकास अध्ययन सँगै राजनीतिमा सक्रिय छन् । त्रिपुरा सुन्दरी ४ रंग गाउँ विकासका तत्कालीन माओवादी केन्द्र निकट वाईसिएलको सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज थिए । माओवादी फुटपछि जनार्दन शर्मातिर देखिएका उनलाई प्रलोपाले उम्मेदवार बनाएको छ ।

प्रलोपाले भने जेनजेड समूहका युवालाई अघि सारेको बताउँदै जिल्लाको राजनीतिमा नयाँ पुस्ताको प्रवेश गराएको बताएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका ऐडी इन्जिनियर हुन् । युवा उम्मेदवार ऐडी गत महिना रास्वपाले सार्वजनिक गरेको प्रारम्भिक सूचीमा समेत परेका थिए । प्रारम्भिक निर्वाचनमा अपेक्षा अनुसार मत ल्याउन सकेका थिएनन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका डाँगी जिल्ला पार्टीका प्रवक्ता हुन । १५ वर्षदेखि निरन्तर राप्रपामा देखिएका उनी पहिलो पटक निर्वाचनमा होमिन लागेका हुन् । उनी ट्रेकिङ गाइड हुन् ।

स्वतन्त्रतर्फ उम्मेदवारी घोषणा गरेका केसी नेकपाका पूर्व नेता हुन् । एमाले हुँदै तत्कालीन माओवादीमा प्रवेश गरेका उनी ठूली भेरी नगरपालिकाका ३ नं को वडा अध्यक्षमा पराजित भएका थिए ।

उनी जिल्लामा लेखापढी व्यवसायमा सक्रिय छन् । राजनीतिमा पुस्तान्तरणका लागि आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनले बताएका छन् ।

मितेरी नेपाल पार्टीबाट उम्मेदवारी दिएकी भण्डारी महिला पनि उम्मेदवार हुनुपर्छ भनेर आफू आएको बताउँछिन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More