― Advertisement ―

एन्टिमेटरले बिजुली आपूर्ति पहिले नै उपलब्ध छ जहाँ सञ्चालन गर्न डिजाइन गरिएको मोड्युलर डेटा केन्द्रहरूको विश्वव्यापी रोलआउटको साथ बढ्दो अनुमान मागलाई लक्षित गर्दछ।

बिजुली वितरण नगरिएको माइक्रो सेन्टरमा रूपान्तरित कम्प्युटनेटवर्कले विश्वभरका १,००० मोड्युलर साइटहरूमा स्थापित ४००,००० GPUs लाई लक्ष्य गर्छऊर्जा-पहिलो डिप्लोयमेन्टले ढिलो ग्रिड जडान अनुमोदनहरूको कारणले हुने...
HomeLatest newsटिकट नपाएकी नविना भन्छिन्- पार्टीलाई एक बनाउने बेला हो

टिकट नपाएकी नविना भन्छिन्- पार्टीलाई एक बनाउने बेला हो


राष्ट्रिय

समाचार.

  • नेकपा एमालेकी नेतृ नविना लामाले पार्टीको टिकट वितरणको विधिप्रति असन्तुष्टि जनाएकी छन्।
  • काभ्रे–१ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा उनको नाम सिफारिस भए पनि उनले टिकट पाइनन्।
  • लामाले पार्टीलाई जिताउने अभियानमा सक्रिय हुने प्रतिबद्धता जनाउँदै पार्टीले योगदानको सही मूल्यांकन गर्ने आशा व्यक्त गरेकी छन्।

५ माघ, काठमाडौ । नेकपा एमालेकी नेतृ नविना लामाले पार्टीको टिकट वितरणको विधिप्रति असन्तुष्टि जनाएकी छन् ।

काभ्रे–१ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा उनको नाम पनि सिफारिस भएको थियो । तर अनेरास्ववियुका पूर्व अध्यक्ष लामाले टिकट पाइनन् ।

आफूले टिकट नपाएपछि लामाले देखिनेगरी असन्तुष्टि जनाएकी छन् । एमालेले टिकट नदिएका उपमहासचिव योगेश भट्टराईको भिडियो सन्देश शेयर गरेर लामाले समर्थन जनाएकी छन् । ‘दाइ, हामी सधैं तपाईको साथमा छौं,’ उनले लेखेकी छन् । तर एमालेलाई बलियो बनाउने र पार्टीका उम्मेदवारहरु जिताउने अभियानमा सक्रिय हुने प्रतिबद्धता पनि गरेकी छन् ।

‘यो पार्टीसँग मेरो ३० वर्षको यात्रा जोडिएको छ,’ उनी भन्छिन्, ‘१२ वर्षको उमेरदेखि आजसम्म दिएको उर्जा, पसिना र समर्पण यही छ । अहिलेको मुख्य जिम्मेवारी पार्टीलाई जिताउनु हो ।’

तर पार्टीभित्र सिनियर, लामो योगदान, दु:ख र मेहनत गरेका, जित्ने उम्मेदवारहरुलाई नदिइनु दु:खको कुरा भएको उनी तर्क गर्छिन् । ‘यस्ता निर्णयले कार्यकर्ताको मनोवलमा असर पार्छ । यो बेला पार्टी एक बनाउने बेला हो,’ लामा भन्छिन्, ‘आशा छ, पार्टीले यो यथार्थलाई गम्भीर रुपमा समीक्षा गर्नेछ र योगदानको सही मूल्याकंन हुने संस्कार बलियो बनाउनेछ ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More