― Advertisement ―

‘फ्लेमिङ चाइना’ ह्याकरले चीनको नेशनल सुपरकम्प्युटिङ सेन्टरबाट १० पेटाबाइट उन्नत सैन्य डाटा चोरेको दाबी गरेको छ जुन सम्भवतः अहिलेसम्मकै सबैभन्दा ठूलो ह्याक हो।

'FlamingChina' claimes 10PB of data was stolen from the सुपर कम्प्यूटरसुपर कम्प्यूटर धेरै सैन्य र नागरिक निकायहरु द्वारा प्रयोग गरिएको थियोडेटा को नमूनाहरु विमान,...
Homeराष्ट्रिय समाचारझलनाथ–घनश्याम पक्षधर पनि फुट्यो, रामकुमारी सहितको छुट्टै समूह

झलनाथ–घनश्याम पक्षधर पनि फुट्यो, रामकुमारी सहितको छुट्टै समूह


राष्ट्रिय

समाचार.

  • नेकपा एकीकृत समाजवादीभित्र झलनाथ खनाल र घनश्याम भूसाल समूह विभाजित भएको छ।
  • नेता कृष्णकुमार श्रेष्ठले माधव नेपालले माओवादीमा जान निर्णयमा असहमति जनाएका छन्।
  • श्रेष्ठले एमालेमा १०० जना पुरानै घर फर्कने योजना रहेको र सहज वातावरण आवश्यक रहेको बताए।

१६ कात्तिक, काठमाडौ । नेकपा एकीकृत समाजवादीभित्र अर्को समूह पनि बनेको छ ।

अध्यक्ष माधव नेपालको निर्णयमा विमति राखेर बनेको झलनाथ खनाल र घनश्याम भूसाल समूह पनि विभाजित भएको हो । ‘झलनाथ खनाल र घनश्याम भूसालको समूहमा नरहने भयौं,’ नेता कृष्णकुमार श्रेष्ठले भने, ‘हाम्रो अर्कै तयारी चलिरहेको छ । केही दिनभित्रै टुंगोमा पुग्छौं ।’

श्रेष्ठका अनुसार आफूसहित रामकुमारी झाँक्री, डा.वंशीधर मिश्र, होम बुढाथोकी, अमरबहादुर थापा, अर्जुन राई लगायतले छुट्टै छलफल गरिरहेका छन् ।

‘माधव नेपालले माओवादीमा जान जसरी निर्णय लिनुभयो, त्यसमा असहमति हो । केन्द्रीय सदस्य थप्ने निर्णय नमानेका हौं,’ श्रेष्ठले भने, ‘तर एकता प्रक्रियामै जाने नजाने भन्ने छलफल बन्द गरेका छेनौं ।’

तर घनश्याम भूसालको नेतृत्वमा अगाडि बढेको समूहमा नजाने भने निश्चित भएको उनले बताए । भूसालले आज बोलाएको छलफलमा पनि यी नेताहरू सहभागी भएननन् ।

‘हाम्रो सम्भावना एमालेमै फर्कने पनि हुन सक्छ । तर एमालेले सहज वातावरण बनाउनु पर्‍यो,’ उनले भने, ‘एमालेमा वातावरण बन्यो भने देशभरबाट हामी १०० जना जति पुरानै घरमा फर्कने योजनामा छौं ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More