― Advertisement ―

TerraMaster F4-425 NAS 120TB भण्डारण ठाउँको मूल्य कटौती हुन्छ

तपाईंको आफ्नै केन्द्रीकृत भण्डारण निर्माण गर्नुको अर्थ NAS मा नै भाग्य खर्च गर्नु हुँदैन। हामीले टेरामास्टर NAS यन्त्रहरूको दायरा परीक्षण गरेका छौं जसले हामीलाई...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Tata box 1

कमेडियन कैलाश कार्कीले नयाँ कमेडी कार्यक्रम दर्शकमाझ ल्याएका छन्।

इम्प्रभ कमेडी विधामा आधारित ‘फन टूस शो’ शनिबारदेखि प्रसारणमा आएको हो। अब हरेक शनिबार राति ९ बजे ओएसआर रियालिटी च्यानलमा शो प्रसारण हुनेछ।

हिल्स एण्ड होराइजन फिल्म्स प्रा.लि.को प्रस्तुत यो शोको निर्देशन कमेडियन कैलाश कार्कीले गरेका छन्। शोलाई अर्का कमेडियन सन्तोष थापाले होस्ट गरेका छन्। ‘अनस्क्रिप्डेट प्रस्तुति’ यो शोको विशेषता हो। 

निर्देशक कार्कीले नेपालमा नयाँ विधाको कमेडी परिचित गराउने उद्धेश्यले शो ल्याएको बताए। 

शोमा आशिष न्यौपाने, रजनीश अर्याल, सतीश कार्की, जय खतिवडा, श्रिया सुवेदी र आस्था तिमिल्सिना प्रतिस्पर्धीका रूपमा सहभागी छन्। उनीहरूले विभिन्न चरणमा फरक–फरक इम्प्रभ गेमहरू खेलेर प्रतिस्पर्धा गर्नेछन्।

Laxmi bank
Laxmi bank

शो तीन राउन्ड ‘सिल्भर, गोल्ड र डायमण्ड’ मा विभाजन गरिएको छ। प्रत्येक राउन्डमा छ एपिसोड रहनेछ र एलिमिनेशन तथा वाइल्ड कार्ड प्रणाली लागू हुनेछ। यसरी २० एपिसोडको अन्त्यमा एक जना विजेता घोषणा गरिनेछ। 

विजेताले नगदसहित विभिन्न पुरस्कार जित्नेछन्।


 





Read More