― Advertisement ―

UFC 327 साँच्चै सस्तो हेर्न को लागी एक डरलाग्दो तरीका छ …

UFC 327 ले मियामीको कासेया सेन्टरमा रहेको खाली UFC लाइट हेवीवेट च्याम्पियनसिपको लागि Jiří Procházka ले कार्लोस उलबर्गसँग खेल्दा उच्च दांवको नाटक गर्ने वाचा...
HomeLatest newsज्ञानेन्द्र कार्की – KhabarHost

ज्ञानेन्द्र कार्की – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेता ज्ञानेन्द्रबहादुर कार्कीले आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन अगावै नेपाली कांग्रेसको महाधिवेशन गर्न सुझाव दिनुभयो।
  • उहाँले १४ औँ महाधिवेशनका ५४ प्रतिशत प्रतिनिधिहरूले माग गरेको विशेष महाधिवेशनलाई चुनाव अघि नीति महाधिवेशनको रूपमा सम्पन्न गर्नुपर्ने बताउनुभयो।
  • कार्कीले ५४ प्रतिशतलाई ६० प्रतिशत पुर्‍याउने वा ३० प्रतिशतमा झार्ने ऊर्जा खर्च नगरी विकास र लोकतन्त्र रक्षा तर्फ अघि बढ्न आग्रह गर्नुभयो।

२५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले नेतृत्वलाई आगामी फागुनमा हुन गइरहेको निर्वाचन अगावै महाधिवेशन गर्न सुझाव दिएका छन् ।

केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार बोल्दै उनले २१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचन अगावै महाधिवेशन गर्न नेतृत्वलाई सुझाव दिएका हुन् ।

१४ औँ महाधिवेशनका झण्डै ५४ प्रतिशत प्रतिनिधिहरूले माग गरेको विशेष महाधिवेशनलाई चुनाव अघि नै नीति महाधिवशेनका रूपमा गर्नुपर्ने नेता कार्कीको भनाइ थियो ।

‘मेरो प्रस्ताव होइन, मेरो सुझाव छ, यो जो ५४ प्रतिशत साथीहरूले सहीछाप गरेर विशेष महाधिवेशनको माग गर्नु भएको छ । यो निर्वाचन अगाडि गरौं,’ उनले भने, ‘तर, यस अर्थमा गरौं निर्वाचन अगाडि यसलाई नीति महाधिवेशनको रूपमा सम्पन्न गरौं । देश भरिका साथीहरूलाई नीति महाधिवेशन निमित्त आग्रह गरौँ । ५४ प्रतिशतमात्र होइन ४६ प्रतिशत सबैलाई आग्रह गरौं ।’

५४ प्रतिशतलाई बढाएर ६० प्रतिशत पुर्‍याउने र ५४ प्रतिशतलाई झारेर ३० प्रतिशतमा पुर्‍याउनका लागि ऊर्जा खर्च गरेर समय बर्बाद नगर्न पनि उनले आग्रह गरे ।

‘अहिले हामी ५४ प्रतिशतलाई ६० प्रतिशत पुर्‍याउने, ५४ प्रतिशतलाई झारेर ३० प्रतिशत तिर पुर्‍याउने ऊर्जा खर्च गरेर हामी समय बर्बाद गर्ने कि घोषित आमनिर्वाचनमा विकासका निमित्त, स्थायित्वको निमित्त संविधान रक्षा र लोकतन्त्रको रक्षाका निमित्त हामी अगाडि बढ्ने ?,’ नेता कार्कीले प्रश्न गरे ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More