― Advertisement ―

नासाले अन्तरिक्ष यान कम्प्युटर बनाएको छ जसले उडानको बीचमा तीनवटा प्रणाली गुमाउन सक्छ र अझै पनि पृथ्वीबाट २५०,००० माइल टाढा अन्तरिक्ष यात्रीहरूलाई जीवित राख्न...

द ओरियन स्पेस क्राफ्ट चलिरहेको आठ identical निर्देशनहरू प्रयोग गर्दछ एकैसाथएउटा असफल-सुरक्षित डिजाइनले त्रुटिपूर्ण कम्प्युटरहरूलाई गलत आदेशहरू पठाउनबाट रोक्छट्रिपल रिडन्डन्ट मेमोरीले पहुँचमा एकल-बिट त्रुटिहरू...
HomeLatest newsजेनजी घाइतेले परिचयपत्र लिन किन मानेनन् ? – KhabarHost

जेनजी घाइतेले परिचयपत्र लिन किन मानेनन् ? – KhabarHost


फाइल तस्वीर



२२ मंसिर, काठमाडौं । गत २३ र २४ भदौमा  भएको जेनजी आन्दोलनमा घाइते भएकाहरूमध्ये ५३६ जनाले मात्र परिचयपत्र लिएका छन् । २ हजार ५ सयभन्दा बढी घाइते भएका थिए । तर बहुसंख्यक घाइतेले परिचयपत्र लिन मानेका छैनन् ।

किन लिएनन् घाइतेले परिचयपत्र ?

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जेनजी घाइतेले परिचयपत्र लिन नमान्नुमा दुई कारण रहेको औंल्याए ।

पहिलो- सीसीटीभी फुटेजमा देखिएकाहरू जिल्ला प्रशासन कार्यालयमा परिचयपत्र लिन जाँदा समातिने डर रहेको उनले बताए ।

दोस्रो- आगामी निर्वाचनपछि कांग्रेस–एमालेको सरकार बन्ने र परिचयपत्रको रेकर्डका आधारमा आफूहरूलाई आतंककारी घोषणा गरेर थुन्न सक्ने डर घाइतेहरूमा रहेको उनले बताए ।

‘जेनजीले युवाले यी दुई कारणले गर्दा परिचयपत्र लिन नआएको बताएका छन्,’ डा. बुढाथोकीले अनलाइनखबरसँग भने ।

स्वास्थ्य मन्त्रालयले घाइतेहरूलाई परिचयपत्र लिन बारम्बार आग्रह गरिरहेको छ । परिचयपत्र लिएकाहरूलाई मात्र राहत र निःशुल्क उपचारको सुविधा उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले पनि छुटेका घाइतेहरूलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएर आवश्यक विवरण पेस गर्न अनुरोध गरेको छ ।

सरकारले घाइतेहरूलाई चार वर्गमा विभाजन गरेको छ । अति गम्भीर, गम्भीर, मध्यम र सामान्य । हालसम्म १९२ जनाको वर्गीकरण सम्पन्न भएको डा. बुढाथोकीले बताए ।

उनका अनुसार अति गम्भीर वर्गमा करिब १०० जना पर्ने अनुमान गरिएको छ । यस वर्गमा खुट्टा गुमाएका र शारीरिक अंगभंग भएकाहरू समावेश छन् ।

वर्गीकरणको पहिलो चरण सकिएपछि स्वास्थ्य मन्त्रालयको बैठकमार्फत गृह मन्त्रालयलाई सूची पठाइने तयारी छ । तर, राहत र क्षतिपूर्तिका विषयमा मन्त्रिपरिषद्को निर्णय हुन बाँकी रहेको डा. बुढाथोकीले बताए ।

‘अहिले तत्कालका लागि सबैलाई निःशुल्क उपचार दिइरहेका छौं । मन्त्रिपरिषद्ले अति गम्भीरलाई जीवनभर निःशुल्क उपचार, राहत र क्षतिपूर्तिबारे निर्णय गर्नेछ,’ उनले भने ।

आगामी हप्ता मन्त्रिपरिषद्‍बाट यसबारे निर्णय हुने सम्भावना रहेको उनले जनाए । तर, परिचयपत्र नभएकाहरूलाई भने कुनै पनि सुविधा उपलब्ध नहुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More