― Advertisement ―

LifeLock को ‘सहज र शक्तिशाली’ पहिचान चोरी सुरक्षा एक कारणको लागि उच्च मूल्याङ्कन गरिएको छ — LifeLock Advanced ले तपाईंको सम्पूर्ण परिवारलाई सुरक्षित गर्न...

जब यो पहिचान चोरी सुरक्षाको कुरा आउँछ, त्यहाँ एउटा कारण हो LifeLock लाई हाम्रो गाइड।यदि तपाईंले वार्षिक रूपमा तिर्नु हुन्छ भने, डेटा-इन-लिंकमा वार्षिक रूपमा...
HomeLatest newsजेनजी आन्दोलनमा जलेर घाइते भएकी झलनाथ पत्नी उपचारपछि सकेर स्वदेश फिर्ता

जेनजी आन्दोलनमा जलेर घाइते भएकी झलनाथ पत्नी उपचारपछि सकेर स्वदेश फिर्ता



७ पुस, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आफ्नै घरमा आगजनीमा परेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार भारतमा उपचार सकेर स्वदेश फर्किएकी छिन् ।

उनी सोमबार साँझ काठमाडौं फर्किएकी हुन् ।

चित्रकारलाई सुरुमा कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गराइएको थियो । चित्रकारलाई ज्वरो र निमोनिया देखिएपछि थप उपचारका लागि भारत लगिएको थियो ।

स्वदेश फर्किएपछि उनले राज्यसँग कुनै गुनासो र माग नरहेको बताइन् । तर, जेनजी आन्दोलनमा देशलाई नष्ट पार्न खोज्नेहरूलाई सरकारले खोजेर कारबाही गर्नुपर्ने उनले बताइन् ।

‘मेरो राज्यसँग यही अपेक्षा छ कि भाइबहिनीहरूको अबोधपनको मखुन्डो ओढेर जसले देशलाई नष्ट पार्न खोजे उनीहरूलाई यो सरकारले खोजेर कारबाही गर्नुपर्छ,’ उनले स्वदेश फर्किएर भनेकी छिन् ।

भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उनको उपचार भएको हो ।

उपचारका क्रममा उनको बायाँ हात समेत काट्न परेको थियो । आगजनीमा परेपछि उनको फोक्सोमा अत्यन्तै धेरै धुवाँ पुगेको र त्यसले असर गरेको चिकित्सकहरूले बताएका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More