― Advertisement ―

अल्ट्रा कम्प्याक्ट NucBox K17 Mini PC लाई पकेट-आकारको फ्रेममा ट्रिपल-अङ्कको AI प्रदर्शन र ज्वलन्त-छिटो मेमोरी प्रदान गर्ने भेट्नुहोस्।

NucPUBAI, NucBox1 का लागि KPUBAI, फुल कार्यसम्पादनIntel Core Ultra 5 226V प्रोसेसरले कुशल, उच्च-गति कम्प्युटिङ प्रदान गर्दछIntegrated Arc 130V GPU ले INT8 परिशुद्धता प्रयोग...
Homeराष्ट्रिय समाचारजेनजी आन्दोलनमा कारागारबाट भागेका व्यक्ति लागुऔषध सहित पक्राउ

जेनजी आन्दोलनमा कारागारबाट भागेका व्यक्ति लागुऔषध सहित पक्राउ



१६ कात्तिक, सुर्खेत । जेनजी आन्दोलनका क्रममा जगन्नाथदेवल कारागार काठमाडौंबाट फरार भएका एक कैदी सुर्खेतमा लागुऔषध सहित पक्राउ परेका छन् ।

गत २४ भदौमा कारागारबाट फरार भएका ३० वर्षीय नरेन्द्र ठाडा शनिबार वीरेन्द्रनगर नगरपालिका–७ बाट पक्राउ परेका हुन् ।

उनलाई लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनको साथबाट ५३० मिलिग्राम ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी महोनजंग बुढथापाले जानकारी दिए । प्रहरीले उनीमाथि मुद्दा दर्ता गरी म्याद थप गरेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

वीरेन्द्रनगर–७ कै स्थानीय ठाडा लागुधौष मुद्दाका फरार कैदी बन्दी हुन् । उनी जगन्नाथदेवल कारागार काठमाण्डौंमा लागुऔषध मुद्दामा कैद भुक्तान गरी रहेका प्रतिवादी थिए । गत २४ भदौको जेनजी आन्दोलनको क्रममा फरार भएको प्रहरीले जनाएको छ ।

सुर्खेत प्रहरीले फरार कैदी ठाडासहित अन्य पाँच जनालाई छुट्टाछुट्टै घटनामा पक्राउ गरेको छ । सोही दिन ठाडासँगै लागुधौष कारोबारमा संलग्न वीरेन्द्रनगर–८ की १९ वर्षीया ललिता तामाङ पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

सुर्खेत प्रहरीले शनिबार राति पनि लागुऔषध ब्राउनसुगरसहित थप तीन जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–११ स्थित सुब्बाकुनामा चेक पोस्टबाट तीन जना युवालाई ब्राउनसुगरसहित पक्राउ गरिएको डीएसपी बुढथापाले जानकारी दिए ।

उनका अनुसार प्रहरीले गोप्य सूचनाका आधारमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.०२–००१ ज.०७०९ नम्बरको ईभी गाडी चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको थियो । गाडीमा सवार वीरेन्द्रनगर–११ का १८ वर्षीय विशाल ठाडा मगर, वीरेन्द्रनगर–१२ का २२ वर्षीय राजु सुनार र वीरेन्द्रनगर–७ का १८ वर्षीय रमेश सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरूबाट २ ग्राम ब्राउनसुगर बरामद गरेको जनाएको छ । दुवै घटनामा पक्राउ परेकाहरूलाई अदालतबाट म्याद थप गरी मुद्दा चलाइएको सुर्खेत प्रहरीले जनाएको छ ।





Read More