― Advertisement ―

‘एआई जीवनमा एक पटकको अवसर हो’: अमेजनका सीईओ एन्डी जसीले एआईको भविष्यको लागि आफ्नो ‘6 सत्यहरू’ राख्छन्।

Amazon CEO Andy Jassy ले कम्पनीमा AI को भविष्यको बारेमा आफ्नो दृष्टिकोणलाई रेखांकित गर्नुभएको छ, छ वटा "प्रविधिले के गर्न सक्छ र मुख्य कुराहरू...
HomeLatest newsजितेन्द्र सोनल – KhabarHost

जितेन्द्र सोनल – KhabarHost



२४ कात्तिक, काठमाडौं । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशको अस्मिता समाप्त पार्ने खेल खेलेको आरोप लगाएका छन् ।

स्वास्थ्य समस्याका कारण उपचार गर्न काठमाडौं हिँडेकी भण्डारीले एक होटेलमा पुगेर एमालेका सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै उनले यो खेलले मधेश प्रदेशको अस्मिता समाप्त पारेको बताए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मधेश प्रदेशको जनतासँग धोका भयो । स्वास्थ उपचारको नाममा निस्केकी मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली र महोत्तरीको सिमानाको एउटा होटेलमा प्रदेशको अस्मितालाई समाप्त पार्ने खेल गरिन् ।

सोमबार बिहानै सबेरै प्रदेश प्रमुख भण्डारी उपचारका लागि काठमाडौं जान भनेर बिदाइ भएकी थिइन् । निवर्तमान मुख्यमन्त्री सोनलले नै उनलाई बिदाइ गरेका थिए । तर, त्यसको केही समयपछि भण्डारीले ठूलो दलको हैसियतले एमालेका सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

सोनलले गत शनिबार राति विश्वासको मत पाउने सम्भावना नभएपछि राजीनामा दिएका थिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More