― Advertisement ―

यो कीर्तिमान तोड्ने पराबैंगनी क्रिस्टलले आणविक घडीहरू अनलक गर्न सक्छ र पनडुब्बी, अन्तरिक्ष यान र मिसाइलहरूले बाह्य संकेतहरू बिना नै नेभिगेट गर्ने तरिका परिवर्तन...

अवस्थित न्यूक्लकायोरको प्रतिज्ञा गर्ने समय प्रणालीहरूथोरियम 229 ले व्यावहारिक आणविक समय मापनको दुर्लभ मार्ग प्रदान गर्दछअल्ट्राभाइलेट ब्रेकथ्रुले आणविक घडीको विकासमा सबैभन्दा कठिन बाधाहरू मध्ये...
HomeLatest newsचुनाव हारेपछि तेह्रथुम लागे भानुभक्त, मोरङ-३ को टिकट राईलाई

चुनाव हारेपछि तेह्रथुम लागे भानुभक्त, मोरङ-३ को टिकट राईलाई



३ माघ,विराटनगर । एमालेको सुरक्षित क्षेत्र मानिएको मोरङको क्षेत्र नम्बर ३ मा दुई पटक प्रतिस्पर्धा गरेपछि एमाले सचिव तथा पूर्वमन्त्री भानुभक्त ढकाल तेह्रथुम फर्किएका छन् । २०७४ सालमा मोरङ क्षेत्र नम्बर ३  आएका उनले कांग्रेस उम्मेदवार डाक्टर सुनिल शर्मालाई पराजित गरे । २०७९ सालको निर्वाचनमा शर्मासँगै पराजित भएपछि उनी मोरङ क्षेत्र नम्बर ३ जान छाडेका थिए ।

आगामी फागुन २१ को निर्वाचनका लागि उनी तेह्रथुम पुगेका हुन् । उनको स्थानमा एमालेले दीलिप राईलाई  टिकट दिएको छ । राई पथरीशनिश्चरे नगरपालिकाका पूर्वप्रमुख हुन् । क्षेत्र नम्बर ३ असुरक्षित देखेपछि उनी तेह्रथुम नै फर्किएको एमाले नेताहरू बताउँछन् । भानुभक्त तेह्रथुमको छथर–५ ओख्रेमा जन्मिएका हुन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र भएका कारण २०७४ सालमा मोरङ क्षेत्र नम्बर ३ आउँदा उनलाई पाहुँना उम्मेदवारको ट्याग लागेको थियो । तर, चुनाव जितेका उनले २०७९ को निर्वाचनअघि क्षेत्र नम्बर ३ मा घरपनि बनाएका थिए ।

अन्य क्षेत्रमा को को उम्मेदवार रु ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा नेकपा एमालेले ४ वटामा उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।   मोरङ क्षेत्र नम्बर १ मा घनश्याम खतिवडालाई उम्मेदवार बनाउने निर्णय भएको छ । उनी २०७९ सालको निर्वाचनमा कांग्रेस उम्मेदवार डीगबहादुर लिम्बुसँग पराजित भएका थिए ।

क्षेत्र नम्बर २ मा दिलीप बगडियालाई उम्मेदवार बनाएको छ । यो क्षेत्रमा गत चुनावमा एमालेबाट ऋषिकेश पोखरेल निर्वाचित भएका थिए । पोखरेललाई ब्याक गरेर माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका बगडियालाई उम्मेदवार बनाएको हो । बगडीया रंगेली नगरपालिका प्रमुख हुन् । २०७४ मा माओवादी केन्द्रबाट पालिकाको प्रमुख जितेका उनी २०७९ सालको निर्वाचनमा एमालेबाट पालिका प्रमुख बिजयी भएका थिए ।

क्षेत्र नम्बर ४ मा जीवन घिमिरेलाई चुनावी मैदानमा उतार्ने निर्णय भएको छ । उनी २०७९ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ ९२०मा कांग्रेस उम्मेदवार भीम पराजुलीसँग पराजित भएका थिए ।

निर्वाचन क्षेत्र नम्बर ५ र ६ को हकमा भने उम्मेदवारको नाम  टुङ्गो लागेको छैन । यी दुई क्षेत्रमा कसलाई उम्मेदवार बनाउने भन्ने अन्तिम निर्णय गर्ने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ । ती क्षेत्रहरूमा चुनावी रणनीति र तालमेलको सम्भावनालाई मध्यनजर गर्दै अध्यक्षले नै उम्मेदवारको टुङ्गो लगाउने बताइएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More