― Advertisement ―

ह्याकरहरूले क्लाउड र ChatGPT को प्रयोग ‘आक्रामक क्षमतामा महत्त्वपूर्ण विकास’ मा सरकारी एजेन्सीहरू उल्लङ्घन गर्न, करोडौं नागरिक रेकर्डहरू लीक गर्न

Gambits रिपोर्ट क्लासमा लोकप्रिय उपकरण प्रयोग गरियो उल्लङ्घनClaude Code + GPT‑4.1 संचालित शोषण, स्क्रिप्ट, र RCEएकल आक्रमणकारीले करोडौं नागरिक रेकर्डहरू चोर्योठूला उद्यमहरूले चाँडै नै...
HomeLatest newsचुनावअघि नै पूर्वराजासहितको सर्वपक्षीय सम्मेलन – KhabarHost

चुनावअघि नै पूर्वराजासहितको सर्वपक्षीय सम्मेलन – KhabarHost


राष्ट्रिय

समाचार.

  • राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वराजा, राजनीतिक दल र जेनजीसहित सर्वपक्षीय सम्मेलन माग गर्दै प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाएको छ।
  • राप्रपाले चुनाव ०८२ मा सार्न मात्र नभई दिर्घकालीन राजनीतिक निकास दिन सर्वपक्षीय सम्मेलन आयोजना गर्न आग्रह गरेको छ।
  • राप्रपाले अन्तर जिल्ला र विदेशबाट मतदान सुनिश्चिता गरी जेनजी आन्दोलनमा पक्राउ भएका विरुद्ध मुद्दा चलाउन रोक्न प्रधानमन्त्री कार्कीलाई ध्यानाकर्षण गराएको छ।

१३ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वराजा, राजनीतिक दल र जेनजीसहितको सर्वपक्षीय सम्मेलन माग गर्दै प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाएको छ ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन ०८४ को चुनाव ०८२ मा सार्न मात्रै नभएको भन्दै राप्रपाले प्रधामन्त्री कार्कीले दिर्घकालीन राजनीतिक निकास दिनुपर्ने माग गरेको हो ।

वर्तमान सरकारले भविष्यमा कसैले आन्दोलन गर्नु नपर्ने परिस्थिति बनाउनका लागि चुनाव अगावै पूर्वराजा, राजनीतिक र जेनजी लगायत सहभागी हुनेगरी सर्वपक्षीय सम्मेलन आयोजना गरेर निकास दिनुपर्ने राप्रपाको माग छ ।

शनिबार बालुवाटारमा प्रधानमन्त्री कार्कीलाई बुझाइएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा हस्ताक्षरित पाँच बुँदे ज्ञापन पत्रमा अन्तर जिल्ला र विदेशबाट समेत मतदान गर्न पाउने सुनिश्चिता गरेर मात्रै निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ ।

यस्तै जेनजी आन्दोलनमा सहभागीहरूलाई पक्राउ गरेर मुद्दा चलाउने काम भइरहेको भन्दै तत्काल रोक्न प्रधानमन्त्री कार्कीलाई राप्रपाले ध्यानाकर्षण गराएको छ ।

विभिन्न माग राखेर प्रदर्शनमा रहेका र प्रधानमन्त्रीसँग भेट्न चाहेका जेनजी युवाहरूमाथि दमन र उपेक्षा उपयुक्त नभएको भन्दै राप्रपालले वार्ता र संवादबाट वातावरणलाई शान्त बनाउने प्रयास गर्न आग्रह गरेको छ ।

ज्ञापन पत्र बुझाउन जाने टोलीमा राप्रपाका वरिष्ठ उपाध्यक्षत्रय विक्रम पाण्डे, रोशन कार्की, र रवीन्द्र मिश्र, उपाध्यक्ष हेमजङ्ग गुरुङ, महामन्त्री डा. धवलशमशेर राणा, महामन्त्री कुन्ती शाही, महामन्त्री राजेन्द्र गुरुङ र महामन्त्री शरद्राज पाठकलगायत सहभागी थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More