― Advertisement ―

भारतको केन्द्रीय बैंकका प्रमुख भन्छन् कि एआईले मानिसहरूले अस्वीकार गरेको ऋणलाई अनुमोदन गर्न सक्छ, टेक्नोलोजी भनेको ‘उत्तरदायी रूपमा प्रयोग गर्न सक्ने क्षमता हो र...

आरबीआई गभर्नरलाई बताउने वैकल्पिक डेटाको रूपमा सानजाय बैंक नगद प्रवाह, GST फाइलिङ, र उपयोगिता भुक्तानीहरूले उधारकर्ताहरूलाई क्रेडिट विस्तार गर्न सक्छ जुन म्यानुअल अन्डरराइटिङले हाल...
HomeLatest newsविराटनगरमा पर्सि नेकपाको एकता सन्देश सभा – KhabarHost

विराटनगरमा पर्सि नेकपाको एकता सन्देश सभा – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेकपाले विराटनगरमा १५ मंसिर सोमबार दिउँसो १२ बजे जनआन्दोलन चोक नजिक पुरानो गुद्री मैदानमा एकता सन्देश सभा गर्ने भएको छ।
  • सभा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र भीम रावलले सम्बोधन गर्नेछन्।
  • नेकपाका प्रदेश इञ्चार्ज हरिबोल गजुरेलले पार्टी एकताको सन्देश तल्लो तहसम्म पुर्याउन सभा आयोजना गरिएको बताए।

१३ मंसिर, विराटनगर । १५ वामपन्थी राजनीतिक दलको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले विराटनगरमा पर्सि सोमबार ‘एकता सन्देश सभा’ गर्ने भएको छ ।

पार्टी एकताको सन्देश तल्लो तहसम्म पुऱ्याउनका लागि सन्देशसभा आयोजना गर्न लागिएको नेकपाका प्रदेश इञ्चार्ज हरिबोल गजुरेलले बताए ।

विराटनगरस्थित जनआन्दोलन चोकको उत्तरतर्फ रहेको पुरानो गुद्रीको खुल्ला मैदानमा दिउँसो १२ बजेदेखि सभा हुनेछ । यो सभालाई नेकपाका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।

१० हजार समर्थक उपस्थीति हुने दाबी गरेको सभामा नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, भीम रावललगायतले सम्बोधन गर्नेछन् ।

सभा सञ्चालनका लागि विभिन्न उपसमिति बनाइएको सो पार्टीले जनाएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More