― Advertisement ―

तेस्रो पक्षहरू मार्फत अनधिकृत प्रयोगकर्ताहरूद्वारा पहुँच गरिएको मिथकहरू

Unauthors' प्रयोगकर्ताहरूलाई Claudethros को पहुँच गर्न अधिकार छ Mythosप्रयोगकर्ताहरूले अनुमान कार्य र तेस्रो-पक्ष पहुँचको साथ पहुँच प्राप्त गरेमोडलले सफ्टवेयरको कमजोरीहरूलाई स्केलमा शोषण गर्न सक्षम...
Homeचितवनका २४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण – KhabarHost

चितवनका २४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • चितवनका विभिन्न अस्पतालमा उपचाररत २४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ।
  • सङ्क्रमितमध्ये १८१ जना चितवनका र ६५ जना जिल्लाबाहिरका रहेका छन्।
  • किट नियन्त्रक राम केसीले स्क्रब टाइफसबाट बच्न लामो बाहुला कपडा लगाउन र कीटनाशक मलम प्रयोग गर्न सुझाव दिनुभयो।

३ कात्तिक, चितवन। चितवनका विभिन्न अस्पतालमा उपचाररत २४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । यहाँका अस्पतालमा आएका चार हजार १०८ जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण देखिएको हो ।

जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार सङ्क्रमितमध्ये १८१ जना चितवनका हुन् भने ६५ जना जिल्लाबाहिरका रहेका छन् । सङ्क्रमितमध्ये २५ जना भरतपुर महानगरपालिकाका हुन्।

खैरहनी नगरपालिकाका ४३, माडी नगरपालिकाका चार, रत्ननगर नगरपालिकाका ६१, राप्ती नगरपालिकाका २०, कालिका नगरपालिकाका २३ र इच्छाकामना गाउँपालिकाका पाँच जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको हो।

स्क्रफ टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले व्यक्तिलाई टोकेपछि सर्ने गर्दछ।

स्क्रफ टाइफस भएको व्यक्तिलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, बान्ता, पेट दुखाइ र पखालाले सताउनु, सास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ।

यसबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने किट नियन्त्रक केसीले बताए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More