― Advertisement ―

‘हामी मोबाइल संचार प्रजातान्त्रिक गर्दैछौं’: Lidl नयाँ MVNO सँग बजेट मोबाइल फोन योजनाहरू सुरू गर्दैछ

Lidl1 with deals sign for new MVNOकम लागत, छोटो अवधिको मोबाइल योजनाहरू प्रस्ताव गर्न खोज्छLidl ले विश्वभर 100 मिलियन भन्दा बढी ग्राहकहरूलाई समेटेको छLidl...
HomeLatest newsगगन सर्लाही झरेपछि उत्साहित उम्मेदवार – KhabarHost

गगन सर्लाही झरेपछि उत्साहित उम्मेदवार – KhabarHost



१५ माघ, काठमाडौं । काठमाडौं-४ मा तीन पटक जितेका कांग्रेस सभापति गगनकुमार थापा यस पटक सर्लाही–४ गए । उनी २०७० सालको संविधानसभा, २०७४ र २०७९ को प्रतिनिधिसभा चुनावमा काठमाडौं-४ मा निर्वाचित भएका थिए ।

तर, यस पटक ३३ वर्षीय सचिन तिमल्सेनालाई टिकट दिएर थापा मधेश झरे । गगनले छाडेको निर्वाचन क्षेत्र काठमाडौं-४ यतिबेला चर्चामा छ ।

यो क्षेत्रमा २०७० को संविधानसभा चुनावमा एमालेका निर्मल कुइँकेल र एकीकृत माओवादीका नन्दकिशोर पुनलाई पराजित गरी गगन विजयी भएका थिए ।

२०७४ र २०७९ मा गगनले नेकपा एमालेका राजन भट्टराईलाई पराजित गरेका थिए । २०७४ मा गगनले २१ हजार ५५८ मत ल्याउँदा एमालेका भट्टराईले १८ हजार १४० मत ल्याएका थिए । २०७९ मा गगनले २१ हजार ३०२ मत पाउँदा भट्टराईले १३ हजार ८५५ मत पाए ।

विशेष महाधिवेशनबाट पार्टी सभापति चुनिएसँगै थापाले चुनाव क्षेत्र पनि फेरेका हुन् । गत ६ माघमा उम्मेदवारी मनोनयनको दिन अबेरसम्म कांग्रेसबाट उम्मेदवारी कसको आउला भन्ने चासो थियो ।

उता, एमालेका उम्मेदवार राजन भट्टराईले पनि मनोनयन ‘होल्ड’ गरेर बसेका थिए ।

गगनले उम्मेदवारी दिएमा भट्टराईले उम्मेदवारी नदिने हुन् भन्ने चर्चा पनि चलेका थिए । अन्तत: गगनले युवा नेता तिमल्सेनालाई अगाडि सारेपछि एमालेबाट भट्टराईले नै उम्मेदवारी दर्ता गराए ।

भट्टराई एमालेको गत महाधिवेशनबाट पार्टीको सचिव निर्वाचित भएका व्यक्ति हुन् । यो बीचमा उनले बाग्मति प्रदेशको इन्जार्जको रुपमा भूगोलको काम पनि गरे । अहिले उनी विगतको आफ्नो चुनावी इतिहास बदल्ने योजनामा छन् ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट पुकार बम, नेपाली कम्युनिस्ट पार्टीका पार्टीका इन्द्रकुमार भुसाल पनि प्रतिस्पर्धामा छन् । रास्वपाका उम्मेदवार बम अघिल्लो चुनावमा काठ्माडौं-१ बाट उठेका थिए । त्यसभन्दा अघि उनी काठमाडौं ८ बाट चुनाव उठेका थिए । क्षेत्र फेर्दै चुनाव लड्दै आएका बम अहिले काठमाडौं-४ मा आएका हुन् ।

२८ उम्मेदवारबीच प्रतिस्पर्धा

काठमाडौं-४ मा २८ उम्मेदवार प्रतिस्पर्धामा छन् । तर गगन थापाले छोडेपछि आफूलाई सहज ठानेका छन्- एमाले, रास्वपा र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले ।

एमालेका भट्टराई दुई पटक गगनसँगै पराजित भएका उम्मेदवार हुन् । यसपटक उनी यही क्षेत्रबाट जित हात पार्ने दाउमा छन् ।

राष्ट्रिय राजनीतिमा सक्रिय भट्टराई परराष्ट्र मामिलाका जानकार हुन् । ‘विवेक बोल्छ, हल्ला चुप लाग्छ । काठमाडौं-४ का जनता निर्णय गर्न सक्षम छन्,’ भट्टराई भन्छन्, ‘सपना देख्ने मात्र होइन पूरा गर्ने हो ।’

भट्टराईले युवा रोजगारी, देशको समृद्धि र बलियो राष्ट्रियतालाई चुनावी एजेन्डा बनाएर मत मागिरहेका छन् ।

कांग्रेस उम्मेदवार तिमल्सेना गगनको विरासत कायम राख्ने दौडमा छन् । आफ्नै समुदाय, समाज र परिवेशको विकास गर्ने चाहनाले उम्मेदवारी दिएको उनको तर्क छ । ‘आफ्नै क्षेत्रका समस्या बुझेको छु, आफ्नै ठाउँ भएकाले रात-दिन काम गर्नेछु,’ उनले भनेका छन् ।

रास्वपा उम्मेदवार बम ‘वाक विथ पुकार बम’ अभियान चलाएर क्षेत्र नम्बर ४ का जनताको घरदैलोमा पुगिरहेका छन् ।

‘सफा सोच, पारदर्शी काम र जवाफदेही नेतृत्वसहित काठमाडौं-४ लाई उदाहरणीय क्षेत्र बनाउने लक्ष्यमा म एक्लो छैन । स्थानीय आमाबुबा दाजुभाइ दिदीबहिनीका कुराहरू सुन्दै, मुद्दा र समस्याहरू बुझ्दै पदयात्रा गरिरहेका छौँ,’ बमले भनेका छन् ।

सामाजिक, राजनीतिक अभियानका प्रमुख मुद्दामा महिला अधिकारको रक्षा, महिला सहभागिताको सुनिश्चिततालाई बमले जोड दिएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार इन्द्रकुमार भुसाल पनि आफ्नो एजेन्डासहित मत मागिरहेका छन् । मतदाताको भरोसालाई उनले आफ्नो शक्ति मानेका छन् । ‘व्यवस्था बदल्यौं अब अवस्था बदल्ने हो,’ उनले भनेका छन् ।

यो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुरेन्द्रराज भण्डारी, राष्ट्रिय जनमोर्चाका छविबहादुर खनाल, नेपाल मजदुर किसान पार्टीका आशालाल श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टीका चेतबहादुर आले पनि प्रतिस्पर्धामा छन् ।

मंगोल नेसनल अर्गनाइजेसनका सीता तामाङ, मितेरी पार्टी नेपाल प्रेमकुमार राई, नेपालका लागि नेपाली पार्टीका श्यामकुमार भट्टराई, प्रगतिशील लोकतान्त्रिक पार्टीका दत्त बुढा, युनाइटेड नेपाल डिमोक्र्याटिक पार्टीका मुस्कान पौडेल, जय मातृभूमि पार्टीका राजन पुरी, श्रम संस्कृति पार्टीका बरुण अमात्य, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का करिष्मा खरेल, उज्यालो नेपाल पार्टीका झनकबहादुर अधिकारी, जनादेश पार्टी नेपालका केम्श सिंहले पनि यो क्षेत्रमा उम्मेदवारी दिएका छन् ।

अन्य ९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मदनदेव आचार्य, पुजन गजुरेल, अर्चन शमशेर राणा, विनोदबाबु प्रधान, दीपेन्द्रकुमार काफ्ले, केदारबहादुर कार्की, मनोज अधिकारी, आशिष श्रेष्ठ, सञ्जीव दर्जी र देवराज पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

काठमाडौं-४ का २८ उम्मेदवारलाई मतदान गर्ने मतदाताको संख्या ७६ हजार १४१ छ । उनीहरूले २१ फागुनमा अन्तिम निर्णय दिने छन् । यो क्षेत्रमा ३३ मतदानस्थल र ८८ मतदान केन्द्र तोकिएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More