― Advertisement ―

Battlefield 6 अडियो टोली भन्छन् कि तिनीहरूले ‘हामीले सोचेको कुरालाई निरन्तर पालिश गर्न आवश्यक छ’

The The अडियो टोलीले नयाँ अन्तर्वार्तामा खेलको प्रत्यक्ष सेवा विकासको बारेमा छलफल गरेको छविकासकर्ताहरूले भने कि उनीहरूले यसको ध्वनि "निरन्तर पालिश" गर्छन् id="elk-ba3563f5-23b2-43a5-8fac-7b5c59bade19">Battlefield 6...
HomeLatest newsगगनलाई जीतजंगको प्रश्न– विशेष महाधिवेशनको नाममा संगठन कब्जा गर्ने सोच त होइन...

गगनलाई जीतजंगको प्रश्न– विशेष महाधिवेशनको नाममा संगठन कब्जा गर्ने सोच त होइन ?



२६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता जीतजंग बस्नेतले महामन्त्री गगनकुमार थापालाई विशेष महाधिवेशनका नाममा संगठन कब्जा गर्न खोजिएको आशंका गरेका छन् ।

सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बुधबार राख्दै उनले विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षरको सनाखत गर्ने जिम्मेवारी महामन्त्री थापाले पनि लिनुपर्ने भन्दै संगठन कब्जा गर्न खोजेको त होइन भनेर प्रश्न गरे ।

‘५४ प्रतिशत महाधिवेसन प्रतिनिधिको हस्ताक्षर सनाखत अनिवार्य छ, महामन्त्रीले पनि यो जिम्मेवारी लिनुपर्छ,’ केन्द्रीय सदस्य बस्नेतले प्रश्न गरे, ‘सजिलै संगठन कब्जा गर्न सोचेको त होइन ? सजिलै कब्जा हुन्छ त ?’

उनले पार्टीमा आफूहरूको पनि रगत–पसिना र त्याग–समर्पण मिसिएको जिकिर गरे । नेता बस्नेतले अहिलेको प्राथमकिता नेतृत्व परिवर्तन नभएर पार्टीको नीति, कार्यक्रम र सञ्चालन प्रणालीको पुनरावलोकन भएको पनि बताए ।

‘आजको प्राथमिकता नेतृत्व परिवर्तन होइन, पार्टीको नीति, कार्यक्रम र सञ्चालन प्रणालीमा पुनरावलोकन हो,’ बस्नेतले प्रश्न गरे, ‘विशेष महाधिवेशन भन्नेहरूसँग प्रश्न कुन नियमावली ? कुन कार्यविधि ? कसरी व्यवस्थापन गर्ने ?,’

उनले बैठकमा नियमित महाधिवेशन कसले रोकेको भनेर पनि प्रश्न गरे ।

‘क्रियाशील सदस्य छानबिन समितिको संयोजक स्वयं महामन्त्रीज्यू, तर काम नगर्ने र अरूको नाममा दोष थोपर्ने प्रवृत्ति किन ?,’ बस्नेतले भने, ‘यदि मंसिरमा महाधिवेशन सम्भव छ भने तालिका ल्याउनहोस् । तर, तालिका ल्याउनुअघि क्रियाशील छानबिन, वितरण, दोस्रो चरणमा वार्डदेखि तहगत अधिवेशन । अनि अन्त्यमा केन्द्रीय अधिवेशन, यही व्यवस्थित क्रमअनुसार अघि बढ्नुपर्छ ।’

महामन्त्री थापाले १८ कात्तिकमा प्रस्ताव गरेका महाधिवेशनको कार्यतालिकामा प्रदेश र जिल्ला अधिवेशनको तालिका नै नभएको उनले बताए ।

‘महामन्त्रीज्यूले प्रस्तुत गर्नुभएको पुसमा महाधिवेशन गर्ने प्रस्तावमा प्रदेश र जिल्ला अधिवेशनको तालिका नै छैन,’ उनले भने, ‘त्यसैले पुसमा महाधिवेशन गर्नु असम्भव छ भन्ने कुरा स्वयं महामन्त्रीको प्रस्तावले नै पुष्टि गर्छ ।’





Read More