― Advertisement ―

ओरेकलका सह-संस्थापक ल्यारी एलिसनद्वारा दिनको उद्धरण: “नागरिकहरू तिनीहरूको उत्कृष्ट व्यवहारमा हुनेछन्, किनकि हामी निरन्तर रूपमा भइरहेको सबै कुरा रेकर्ड र रिपोर्ट गर्दैछौं” – गोपनीयताको...

Oracle का सह-संस्थापक, क्लाउड जायन्टको CTO को रूपमा सेवा गर्ने ल्यारी एलिसन दशकौंदेखि प्राविधिक उद्योगको फर्निचरको हिस्सा बनेका छन्। अगाडि हेर्दै, उसले एआई, ड्रोन...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

आगामी माघ १६ गतेलाई रिलिज मिति घोषणा गर्दै फिल्म ‘आ बाट आमा’  टिमले २ वटा पोस्टर सार्वजनिक गरेको छ। बुधबार निर्माण टिमले फिल्मको कथावस्तु झल्काउने दुई पोस्टर रिलिज गरेको हो। 

‘बा आमाले पसिनाले घर बनाउनुभयो। हामीले रहर र बाध्यताले ‘पासपोर्ट’ बनाउनुपर्‍यो’ भन्ने फिल्मको स्लोगन छ। यस शब्दले पनि आमा बुबा र छोराछोरीबीचको कथालाई फिल्मले प्रस्तुत गर्नेछ भन्ने बुझ्न सकिन्छ। 

पोस्टरमा फिल्मका शीर्ष कलाकारहरू विपना थापा, प्रदीप रावत, पल शाह, साइग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेतीलगायतलाई देख्न सकिन्छ। 

ग्रामीण परिवेशमा आधारित फिल्मले आमाबाबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको निर्माण टिमले जनाएको छ। फिल्म चन्द्र पन्तले निर्देशन गरेका हुन्। निर्देशक पन्तकै लेखन, पटकथामा निर्माण भएको यो फिल्म आर्या पन्तको प्रस्तुति हो। 

फिल्ममा विपना थापा, प्रदीप रावत, पल शाह, साईग्रेस पोखरेल, सिम्रन पन्त,उषा उप्रेती, विशाल पहाडी, रवीन्द्र झा, गजित बिष्ट, हेमराज अधिकारी (खनत्या खलास), दिलिप उखेडा, रचना गौतमलगायतको अभिनय छ।

फिल्म ‘आ बाट आमा’ मा ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुंगाना निर्माता हुन् भने कार्यकारी निर्मातामा करण सिंह रसाली छन्। 

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको डिओपी नवराज उप्रेतीको हो भने संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको छ। फिल्मलाई नेपालमा आरआर फिल्मस्ले वितरणको जिम्मा लिएको छ।

Laxmi bank
Laxmi bank

A-bata-Aama--1762931620.jpeg

 

 





Read More