― Advertisement ―

भोडाफोन थ्रीले तपाईंको स्मार्टफोनमा स्याटेलाइट जडान ल्याउन अफकमको स्वीकृति प्राप्त गरेको छ

Vodafoneite लाई भर्खरैको मिशन प्रयोग गर्न दिइएको छ टेक टु कभर नट-स्पटहरूO2 ले पहिले नै अनुमति दिइसकेको छ, EE लाई Starlink सँग काम गर्नह्यान्डसेट...
HomeLatest newsकोशी प्रदेशका क्रिकेटर मिनाश थापाको निधन – KhabarHost

कोशी प्रदेशका क्रिकेटर मिनाश थापाको निधन – KhabarHost


राष्ट्रिय

समाचार.

  • कोशी प्रदेशका क्रिकेट खेलाडी मिनाश थापाको दुर्घटनामा परी निधन भएको छ।
  • कोशी प्रदेश क्रिकेट संघले मिनाशको निधनप्रति गहिरो दु:ख व्यक्त गरेको छ।
  • मिनाशले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशबाट खेल्दै आएका थिए।

१० पुस, काठमाडौं । कोशी प्रदेशका क्रिकेट खेलाडी मिनाश थापाको निधन भएको छ। कोशी प्रदेश क्रिकेट संघका अनुसार दुर्घटनामा परी उनको निधन भएको हो।

थापाले कोशी प्रदेशको क्रिकेट विकासमा पुर्‍याएको योगदानको स्मरण गर्दै कोशी प्रदेश क्रिकेट संघले उनको निधनप्रति दु:ख व्यक्त गरेको छ ।

‘कोशी प्रदेशका एक होनहार, कुशल तथा प्रतिभाशाली क्रिकेट खेलाडी मिनशको दुर्घटनामा परी भएको असामयिक निधनको खबरले सम्पूर्ण क्रिकेट परिवारलाई गहिरो शोकमा डुबाएको छ’ संघले भनेको छ, ‘स्व. मिनशले कोशी प्रदेशको क्रिकेट विकासमा पुर्‍याएको योगदान सधैं स्मरणीय रहनेछ। उहाँको असामयिक निधनले नेपाली क्रिकेट, विशेषतः कोशी प्रदेशले एक उज्ज्वल भविष्य बोकेको खेलाडी गुमाएको छ। ईश्वरले दिवङ्गत आत्मालाई चिरशान्ति प्रदान गरून् तथा शोकसन्तप्त परिवारजन, आफन्तजन र खेलप्रेमीहरूलाई यो अपार दुःख सहन सक्ने शक्ति प्रदान गरून्। भावपूर्ण श्रद्धाञ्जली।’

मिनाशले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशबाट खेल्दै आएका छन् । गत संस्करणको पीएम कपमा भने खेलेनन् ।





Read More