― Advertisement ―

अमेरिकाले कठोर वेक अप कल प्राप्त गर्‍यो: युक्रेनी ड्रोनले युद्ध खेलहरूमा आर्मर्ड ब्रिगेड आश्चर्यजनक रूपमा द्रुत रूपमा ‘विनाशकारी’

युक्रेनी सेनाको विरुद्धमा युक्रेनी सेनाले सफल अभ्यास गरेको प्रमाणित गरेको छ। "नष्ट" उपकरणहरू सिमुलेटेड लडाईमा पुन: पेश गर्नुपर्‍योदुई हप्ता लामो अभ्यासको क्रममा, अमेरिकी सेनाहरूले...
HomeLatest newsकोशीमा हटाइए पुराना मन्त्री, कांग्रेस-एमालेका ५/५ नयाँ मन्त्री नियुक्त

कोशीमा हटाइए पुराना मन्त्री, कांग्रेस-एमालेका ५/५ नयाँ मन्त्री नियुक्त



२२ पुस, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमण्डल हेरेफेर गरेका छन् । सबै मन्त्रीहरूलाई जिम्मेवारीबाट हटाएर नयाँ मन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस र नेकपा एमालेबाट नयाँ अनुहारलाई सरकारमा सहभागी गराएका हुन् ।

मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका ८ जना मन्त्री र २ जना राज्यमन्त्रीले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।

नयाँ मन्त्रीमण्डलमा सत्ता साझेदार दल कांग्रेस र एमालेबीच भागबण्डा मिलाइएको छ । सरकारमा दुवै दलबाट समान ४–४ जना मन्त्री र १–१ जना राज्यमन्त्री सहभागी छन् ।

सरकारमा प्रदीपकुमार सुनुवारले भौतिक पूर्वाधार विकास मन्त्रालय, भीम पराजुलीले पर्यटन, वन तथा वातावरण मन्त्रालय, तिलचन पाठकले नेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन मन्त्रालय पाएका छन्

विदुरकुमार लिङ्थेपले आर्थिक मामिला तथा योजना मन्त्रालय, रामप्रसाद महतोले सामाजिक विकास मन्त्रालय, मानबहादुर लिम्बूले स्वास्थ्य मन्त्रालय, इसाइल मन्सुरीले उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास राज्यमन्त्री र उमाकान्त गौतम विनाविभागीय राज्यमन्त्री नियुक्त भएका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More