― Advertisement ―

के AI ले तपाईंको SMB लाई साँच्चै मद्दत गरिरहेको छ? अध्ययनले पत्ता लगायो कि एक चौथाई कार्यकारीहरूले उनीहरूको एआईले वास्तवमा के गर्छ भनेर व्याख्या...

अध्ययनले% AI-पुटजनलाई पत्ता लगाउने सङ्घर्षका नेताहरूलाई फेला पार्छ। सरोकारवालाहरूएसएमईहरूले लेखापरीक्षण र अनुपालनलगायत जटिल वित्तीय कार्यहरूका साथ एआईलाई विश्वास गरिरहेका छन्ग्राहक र लगानीकर्ताहरूले अप्रमाणित एआई...
HomeLatest newsकुलमानलाई प्रश्न- समानुपातिकमा के गर्ने ?, जवाफमा भने- सकेसम्म मिलाउँछौं

कुलमानलाई प्रश्न- समानुपातिकमा के गर्ने ?, जवाफमा भने- सकेसम्म मिलाउँछौं


राष्ट्रिय

समाचार.

  • उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समानुपातिकर्फ पनि भोट हाल्ने व्यवस्थापन गर्ने बताएका छन्।
  • कुलमानले भने, ‘हामी त्यसको व्यवस्थापन गर्छौं’ र कानुनले नदिए पनि सकेसम्म व्यवस्थापन गर्ने बताएका छन्।
  • उज्यालो पार्टीले सुरुमा समानुपातिकतर्फ बन्दसूची पेश गरेको थियो, तर रास्वपासँग सहमति पछि फिर्ता लिएको थियो।

२६ पुस, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समानुपातिकर्फ पनि भोट हाल्ने व्यवस्थापन मिलाउन आफू लागिपर्ने बताएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा एक पत्रकार सम्मेलन गर्दै उनले रास्वपासँगको सहमतिमा अघि बढ्न नसकिने जानकारी गराएका हुन् ।

रास्वपाले नै यसअघि गरिएका सहमतिहरूलाई कार्यान्वयनमा नल्याएको उनको भनाइ छ । सोही क्रममा उनलाई एक सञ्चारकर्मीले प्रश्न गरे, ‘प्रत्यक्षमा त चिममा भोट हाल्ने, अनि समानुपातिकमा कहाँ ?’

कुलमानको जवाफ थियो, ‘हामी त्यसको व्यवस्थापन गर्छौं ।’

लगत्तै अर्को प्रश्न तेर्सियो, ‘कसरी ?’

कुलमानले जवाफ दिँदै भनेका छन्, ‘हामी जसरी पनि व्यवस्थापन गर्छौं ।’ उनको जवाफ खस्न नपाउँदै अर्को प्रश्न आयो, ‘कानुनले नै नदिने कुरा तपाईंले कसरी व्यवस्थापन गर्ने ?’

कुलमानले भनेका छन्, ‘हामी सकेसम्म व्यवस्थापन गर्छौं । भएन भने प्रत्यक्षमात्रै भए पनि लड्छौं ।’

उज्यालो पार्टी नेपालले सुरुमा समानुपातिकतर्फको बन्दसूची पेश गरेको थियो । तर, रास्वपासँग सहमति भएपछि उक्त सूची आयोगबाट फिर्ता लिएको थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More