― Advertisement ―

‘म दुखी छु’: OpenAI ले ChatGPT-4o बन्द गरेको छ, र रिसाएको प्रयोगकर्ताहरूले यसलाई पुनर्स्थापना गर्न #keep4o अभियानलाई समर्थन गरिरहेका छन्

OpenAI ले आधिकारिक रूपमा असक्षम गरेको छ LOT><liChat माLOT-LiChat प्रयोगकर्ताहरूले यो स्विचको बारेमा भावनात्मक र अप्ठ्यारो महसुस गरिरहेका छन्एक आधिकारिक #keep4o अभियान चलिरहेको छहामीलाई...
HomeLatest newsकाम नगरेपछि यूएईका लागि नेपाली श्रम काउन्सेलर पौडेललाई सरकारले बोलायो फिर्ता

काम नगरेपछि यूएईका लागि नेपाली श्रम काउन्सेलर पौडेललाई सरकारले बोलायो फिर्ता


श्रम काउन्सेलर द्रीपेन्द्र पौडेल


राष्ट्रिय

समाचार.

  • सरकारले यूएईका लागि नेपाली श्रम काउन्सेलर द्रीपेन्द्र पौडेललाई काम नगरी उजुरी फर्छ्योट गरेको पाइएको कारण फिर्ता बोलाएको हो।
  • परराष्ट्र मन्त्रालयले छानबिनमा पौडेलले १४०० भन्दा बढी उजुरी काम नगरी सम्पन्न देखाएको पत्ता लगाएपछि उनलाई श्रम मन्त्रालयमा सरुवा गरेको हो।
  • पौडेलले स्पष्टीकरणमा गल्ती स्वीकार गरेपछि निर्देशिका अनुसार उनको सरुवा गरी नेपाल फिर्ता बोलाइएको परराष्ट्र मन्त्रालयले बताएको छ।

२१ पुस, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) का लागि नेपाली श्रम काउन्सेलर द्रीपेन्द्र पौडेललाई सरकारले फिर्ता बोलाएको छ । उनीविरुद्ध परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि सरकारले फिर्ता बोलाएको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादर पौडेल क्षेत्रीले सरुवा सम्बन्धी निर्देशिका अनुसार उनको सरुवा गरिएको बताए । निर्देशिकामा सरुवा गर्नुका कारण उल्लेख गरिएकाले सोही अनुसार उनको सरुवा गरिएको हो ।

पौडेलले कामै नगरी धेरै उजुरीमा काम सम्पन्न भएको भन्दै फर्छ्योटको सूचीमा राखेको पाइएपछि उनको सरुवा गरिएको हो । कार्यसम्पादनमा कमजोरी देखिएपछि सरकारले उनलाई फिर्ता बोलाएको हो ।

परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागमा कामै नगरी काम गरेको सूचीमा राखिदिएको पत्ता लागेको थियो । पीडितले दिएको उजुरीलाई कामै नगरी सम्पन्न भएको सूचीमा राखेको पाइएपछि विभागले छानबिन गरेको थियो ।

छानबिन क्रममा १ हजार ४ सयभन्दा बढी उजुरीको कामै नगरी फर्छ्योटको सूचीमा राखेको पाइएको थियो । कामै नगरी काम गरेको भन्दै आएपछि उनलाई कारबाही स्वरूप शनिबार नै सरुवा गरेर श्रम मन्त्रालय नै फिर्ता बोलाइएको हो । उनको एक वर्ष नपुग्दै सरुवा गरेर नेपाल फिर्ता बोलाइएको हो ।

पौडेलले दूतावासमा आफ्नो जिम्मेवारी लिने क्रममा आफूले गर्नुपर्ने काम नै नगरी उजुरीका ‘पेन्डिङ’ मा रहेका अनलाइन फाइल सिस्टमबाटै सम्पन्न सूचीमा राखेको पाइएको थियो ।

श्रमिकले शव नेपाल झिकाउने, रोजगारदाताले तलब नदिएको, जेल परेका श्रमिकलाई जेलमुक्त गर्न पीडितका परिवारले हालेको उजुरी, विदेशमा हराएका व्यक्तिको खोजिका लागि परेको निवेदन, ब्लड मनी तथा अन्य संवेदनशील मुद्दासँग सम्बन्धित उजुरी कन्सुलर मार्फत दूतावासमा पर्ने गरेका छन् ।

तर, पौडेलले ती उजुरीमा दूतावासको सिस्टमबाटै कार्य सम्पन्न भएको सूचीमा राखेको पाइएपछि छानबिन गरेको थियो । छानबिन क्रममा पौडेल दोषी देखिएपछि थप अनुसन्धानका लागि मन्त्रालयमा विवरण पठाइएको थियो ।

पीडितले विभागमा आफ्नो उजुरी अघि नबढेको भन्दै गुनासो गरेका थिए । तर, विभागको सिस्टममा हेर्दा उनीहरूको उजुरी फर्छ्योट भइसकेको देखाएको थियो ।

यो विषयमा परराष्ट्रले उनीसँग स्पष्टीकरण समेत सोधेको थियो । स्पष्टीकरणका क्रममा उनले गल्ती भएको स्वीकार गरेपछि निर्देशिका अनुसार उनको सरुवा गरेर नेपाल फिर्ता बोलाइएको हो ।





Read More