― Advertisement ―

Battlefield 6 अडियो टोली भन्छन् कि तिनीहरूले ‘हामीले सोचेको कुरालाई निरन्तर पालिश गर्न आवश्यक छ’

The The अडियो टोलीले नयाँ अन्तर्वार्तामा खेलको प्रत्यक्ष सेवा विकासको बारेमा छलफल गरेको छविकासकर्ताहरूले भने कि उनीहरूले यसको ध्वनि "निरन्तर पालिश" गर्छन् id="elk-ba3563f5-23b2-43a5-8fac-7b5c59bade19">Battlefield 6...
HomeLatest newsकाभ्रेको बनेपामा १२ वर्षे नरदेवी नाच (तस्वीर) – KhabarHost

काभ्रेको बनेपामा १२ वर्षे नरदेवी नाच (तस्वीर) – KhabarHost



२० कात्तिक, काभ्रेपलाञ्चोक । काभ्रेको बनेपामा बिहीबार साँझदेखि १२ वर्षे श्री नरदेवी श्वेतकाली नाच सुरु भएको छ । बनेपा नगरको ऐतिहासिक लायकु डबलीमा शुरु भएको नाच तीन दिनसम्म सञ्चालन हुनेछ ।

बिहीबार भक्तपुरबाट विधिवत् रूपमा देवीको प्रतिमा ल्याएर उनीहरूलाई बनेपाको पुलबजारमा स्वागत भएपश्चात नाचको तयारी हुन्छ ।

नरदेवी श्वेतकाली (ङतभुलु अजिमा) को १२ वर्षे देवी नाच पहिलो चरणमा बिहीबार साँझ ८ बजेबाट शुरु भएर राती १२–१ बजे सकिन्छ । दोस्रो दिन शुक्रबार सूर्योदय भएसंगै करुणामय (सुथ:माजु)को विधिवत् नाच सुरु भएसँगै दोस्रो चरणको देवीनाच आरम्भ हुनेछ ।

दोस्रो दिनको नाच शुरु हुने बेलामा सुथ:माजुको अनुहारमा घाम आउनुपर्छ ।  दोश्रो दिन घाम झुल्के सँगै शुरु हुने नाच साँझ ८ बजेसम्म संचालन हुने बनेपा नगरपालिकाका प्रमुख शान्तिरन्त शाक्यले जानकारी दिए ।

प्रमुख शाक्यका अनुसार अन्तिम दिन शनिबार लायकु डबली तथा आखा:मा विधिवत् पूजा सम्पन्न भएपछि देवीलाई काठमाडौं नरदेवीस्थित देवीको द्य:छेंमा भिर्त्याइने कार्यक्रम हुन्छ ।

नरदेवीको स्थापना गुणकादेवको पालामा भएको र देवीनाचको सुरुवात मल्ल राजा अमर मल्लको पालामा सुरु भएको मानिन्छ । नरदेवीबाट सुरु हुने देवी नाच १२ वर्षभित्रमा १२ ठाउँमा आयोजना गरेर सम्पन्न गर्ने प्रचलन रहँदै आएको छ ।

श्वेतकालीको धार्मिक परम्पराअनुसार प्रत्येक वर्ष पिशाच चतुर्दशी, पाहाँचहेका दिन नरदेवी डबलीमा श्वेतकाली देवीनाच सञ्चालन हुँदै आएको छ भने प्रत्येक बाह्र–बाह्र वर्षमा १२ वर्षे देवीनाच पर्वअन्तर्गत नरदेवीस्थित देवीको डबलीका साथै हनुमानढोका दरवारस्थित तलेजु भवानी, कुमारी घर, इन्द्रचोक र कालभैरव पछाडिको डबली, थाना अगाडिको डबली, नासल चोक र कीर्तिपुर, त्यस्तै ललितपुर दरवार क्षेत्रको डबली, भक्तपुर दरवार क्षेत्रका प्राचीन डबलीहरुका साथै बनेपाको लायकु डबलीमा १२ वर्षे देवीनाच पर्व सञ्चालन गरिने परम्परा रहेको छ । बनेपामा रहेकी चण्डेश्वरीदेबी पनि उक्त नाचमा सामेल छ ।

देवीनाचको स्थानीय व्यवस्थापनको जिम्मा बनेपा नगरपालिकाले लिएको छ भने नाचको सम्पूर्ण खर्च नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजले गर्दै आएको छ ।

परम्परागत नाचगुठीको नेतृत्वमा सम्बन्धित गुठीयार, परम्परागत ङत त्वा: समाजका सदस्य तथा स्थानीयको सक्रियतामा नाच सञ्चालन गरिने समितिका संयोजक  एवं बनेपा ८ का वडा अध्यक्ष शुभलक्ष्मी मानन्धरले जानकारी दिइन् ।





Read More