― Advertisement ―

ProtoArc XK01 TP फोल्ड गर्न मिल्ने किबोर्ड र टचप्याड कम्बोमा बचत गर्नुहोस्

ट्याब्लेट वा फोनबाट काम गर्न सजिलो हुन सक्छ, तपाईंले लामो वा महत्त्वपूर्ण कुरा टाइप गर्न आवश्यक नभएसम्म। यो व्यापार समस्या समाधान गर्नु हो...
HomeLatest newsनेपालमा २५८ शोज, विदेशमा १९२ लोकेसनमा रिलिज हुने – KhabarHost

नेपालमा २५८ शोज, विदेशमा १९२ लोकेसनमा रिलिज हुने – KhabarHost


राष्ट्रिय

समाचार.

  • फिल्म ‘जारी : सङ अफ च्याब्रुङ’ शुक्रबारदेखि नेपालसहित विश्वका १९२ लोकेसनमा रिलिज हुँदैछ।
  • नेपालमा यो फिल्मले २५८ शोज पाएको छ भने अन्तर्राष्ट्रिय बजारमा पहिलो साता कम्तीमा ३,३६० शोज पाएको छ।
  • फिल्मको प्रिमियरबाट प्राप्त प्रतिक्रिया सकारात्मक देखिएको र पूर्वी नेपालका हलमा एड्भान्स टिकट विक्री लोभलाग्दो छ।

काठमाडौं । शुक्रबारदेखि सुरु हुने सप्ताहन्तमा ‘जारी २’ ले ‘वेभ’ ल्याउने देखिएको छ । सुपरहिट फिल्मको दोस्रो श्रृंखला ‘जारी : सङ अफ च्याब्रुङ’ शुक्रबारदेखि नेपालसहित विश्वबजारमा रिलिज हुँदैछ ।

अनलाइनखबरलाई स्वदेश र अन्तर्राष्ट्रिय बजारको रिलिज लोकेसन, शोज संख्याको तालिका प्राप्त भएको छ । जसअनुसार, यो फिल्मले प्राप्त गरेको हल, शोज र लोकेसन निकै महत्वपूर्ण छ ।

नेपालमा शुक्रबार देशब्यापी फिल्मले २५८ शोज प्राप्त गरेको छ । ‘मनबिनाको धन’ ले ७६, ‘जेरी अन टप’ ले ४७, ‘प्रिडेटर : ब्याडल्यान्ड्स’ ले ४२ शोज र ‘द गर्लफ्रेन्ड’ ले ४१ शोज पाएका छन् ।

फिल्मको अन्तर्राष्ट्रिय वितरक सेभेन सिज इन्टरन्यासनलले पनि अन्तर्राष्ट्रिय बजारको विवरण बाहिर ल्याएको छ । जसअनुसार, यो फिल्म विश्वका १९२ लोकेसनमा रिलिज हुँदैछ ।

उत्तर अमेरिकाका ९५ लोकेसन, बेलायतका ३२ लोकेसन, अस्ट्रेलिया- न्यूजिल्याण्डका २२, मध्यपूर्वका ४३ लोकेसनमा फिल्म प्रदर्शन हुने जनाइएको छ ।

फिल्मले अन्तर्राष्ट्रिय बजारमा पहिलो साता कम्तीमा ३,३६० वटा शोज पाएको सेभेन सिजले उल्लेख गरेको छ ।

उपेन्द्र सुब्बा निर्देशित फिल्मले पूर्ववर्ती भागले भन्दा निकै ठूलो परिमाणमा लोकेसन र शोज पाएको देखिन्छ । अब फिल्मसामु प्राप्त शोज र हललाई बलियो ‘वर्ड अफ माउथ’ को मद्दतमा हलसम्म तान्नुपर्ने चुनौती छ ।

विहिबार बेलुका आयोजित प्रिमियरबाट प्राप्त प्रतिक्रिया सकारात्मक देखिन्छ । विशेषगरि, पूर्वी नेपालका हलमा देखिएको एड्भान्स टिकट विक्री पनि लोभलाग्दो छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More