― Advertisement ―

‘हामीले प्रमाणित गरेका छौं कि कार्बन हटाउने प्रविधिले काम गर्न सक्छ’: गुगल, एन्थ्रोपिक, सेल्सफोर्स र अन्यले नयाँ वातावरणीय धक्कामा लगभग $१ बिलियन प्रतिज्ञा गरेका...

ग्रोथ कारबोन भविष्यको प्रतिज्ञा प्रतिबद्धताहरूस्टार्टअपहरूले बढेको आत्मविश्वासका कारण लगानीकर्ता कोष प्राप्त गर्न सक्षम हुनुपर्छकार्बन हटाउने धेरै प्रविधिहरूमा निर्भर हुनेछ, जस्तै बायोमास भण्डारण र महासागर...
HomeLatest newsकाठमाडौंको कालोपुलमा सञ्चालनमा आयो लीला गार्डेन – KhabarHost

काठमाडौंको कालोपुलमा सञ्चालनमा आयो लीला गार्डेन – KhabarHost


राष्ट्रिय

समाचार.

  • लीला गार्डेन काठमाडौं कलोपुलमा आठ रोपनी क्षेत्रफलमा फैलिएको युरोपियन स्टाइलको भव्य ब्यांक्वेट हो।
  • लीला गार्डेनमा एक हजार पाँच सय जनासम्म पार्टी गर्न सकिन्छ र दुई सयभन्दा बढी गाडी पार्किङको व्यवस्था छ।
  • युवा उद्यमी रमेश कार्कीले लीला गार्डेन सञ्चालनमा ल्याएका हुन् ।

काठमाडौं । काठमाडौंमा फाइभ स्टार होटलले जस्तै हस्पिटालिटी सेवा प्रदान गर्ने अत्याधुनिक र आकर्षक इभेन्ट भेन्यू तथा ब्यांक्वेट खुल्ने क्रम बढ्दै गएको छ । फराकिलो स्पेस तथा आकर्षक इन्टेरियर भएका इभेन्ट भेन्यूले विवाह, ब्रतबन्ध, कर्पोरेट इभेन्ट, गोष्ठी, सेमिनार, ब्यूटीप्याजेन्ट, फेसन सो लगायत ठूला जमघटका लागि उत्कृष्ट सेवा प्रदान गरिरहेका छन् ।

काठमाडौं उपत्याकामा जनघनत्व उच्च रहेको छ । यहाँ ओपन स्पेसहरू खुम्चिँदै गएका छन् । जसका कारण विभिन्न अवसरहरूमा पार्टी, भोज आयोजना गर्नका लागि उपत्यकावासीलाई सर्वसुलभ मूल्यमा भेन्यू पाउनै मुश्किल परिरहेको छ । जसले गर्दा विगत केही वर्षदेखि लगानीकर्ताहरूले आकर्षक डिजाइनका र विशाल हल भएका ब्यांक्वेटमा लगानी गरिरहेका छन् ।

काठमाडौं कलोपुलमा हालै सञ्चालनमा आएको लीला गार्डेन यस्तै विशाल र भव्य इभेन्ट भेन्यू हो । ब्यांक्वेट तथा हस्पिटालिटी क्षेत्रमा लामो अनुभव भएका युवा उद्यमी रमेश कार्कीले कालोपुल र ओम हस्पिटलको बीचमा (धोबीखोला करिडोरमा) लीला गार्डेन सञ्चालनमा ल्याएका हुन् ।

खानाको आइटम, थिम र डेकोरेसनका हिसाबले लीला गार्डेन काठमाडौंको उत्कृष्ट ब्यांक्वेट भएको दाबी सञ्चालक कार्कीको छ ।

आठ रोपनी क्षेत्रफलमा फैलिएको लीला गार्डेनको आर्किटेक युरोपियन स्टाइलको छ । रोयल कलर थिममा डिजाइन गरिएको यो ब्यांक्वेटको पार्टी हलको भव्यता कुनै पाँच तारे होटलको भन्दा कम देखिँदैन । ब्यांक्वेटमा प्रयोग गरिएका सोफा एवं फर्निचर, सजावटका सामग्री, लाइट लगायत सामग्री युनिक र आकर्षक देखिन्छन् ।

‘पाँच तारे होटलको भन्दा अब्बल सेवा दिने र हलको डेकोरेसन पनि भव्य एवं आकर्षक भएका कारण होटलमा पार्टी गर्न खोजिरहेकाहरू पनि लीला गार्डेनमा आइरहनु भएको छ,’ सञ्चालक कार्की भन्छन्, ‘ग्राहकहरूले फराकिलो स्पेस, आकर्षक भेन्यू, स्वास्थ्य एवं हाइजेनिक खाना मना पराइदिएर हौसला दिइरहनु भएको छ ।

एघार हजार स्क्वायर वर्ग फिटमा फैलिएको हलमा १ हजार ५ सय जनासम्मको पार्टी गर्न सकिन्छ । दुई सयभन्दा बढी चार पाङ्ग्रे गाडी सहज ढंगले पार्क गर्न सकिन्छ ।

ब्यांक्वेटमा भीआरएफ प्रणालीको सेन्टर एसी सिस्टम जडान गरिएको छ । स्टेजमा विशाल स्क्रिन राखिएको छ । लक्जरी सोफा एवं आकर्षक फर्निचरले पनि ब्यांक्वेटलाई पृथक देखाएको छ ।  चीनबाट ल्याइएका इन्टेरियर सामान त्यसमा प्रयोग गरिएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More