― Advertisement ―

‘म पक्का छु कि वास्तवमा हामीले वास्तवमा पाँच दिन काम गर्नुपर्दैन’ जुमका सीईओले परम्परागत कार्य तालिकाको अन्त्यको लागि आह्वान गरे – भन्छन् कि 3-दिनको...

"म एरिक युआन पाँच दिन काम गर्छु घोषणा गर्दछहामीले पाँच वर्ष भित्र तीन-दिनको काम गर्ने हप्तालाई सामान्य बन्न देख्न सक्छौंजुमको हाइब्रिड कार्य नीतिहरू पनि...
HomeLatest newsकांग्रेस महामन्त्री थापाद्वारा महाधिवेशन प्रतिनिधिलाई काठमाडौं आउन आह्वान

कांग्रेस महामन्त्री थापाद्वारा महाधिवेशन प्रतिनिधिलाई काठमाडौं आउन आह्वान


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुस २८ भित्र विशेष महाधिवेशन आह्वान हुने विधानको अनिवार्य व्यवस्था भएको बताए।
  • थापाले विधान पालना नगरे केन्द्रीय कार्यालयले विशेष महाधिवेशन बोलाउने स्पष्ट पारे।
  • उनले पुसको अन्तिममा महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आउन र ऐतिहासिक निर्णय गर्न तयार हुन आह्वान गरे।

१८ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुस अन्तिममा काठमाडौं आउने महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेका छन् ।

पार्टीको विधानमा गरिएको व्यवस्थाअनुसार पुस २८ भित्र विशेष महाधिवेशन आह्वान हुने उनको भनाइ छ ।

पार्टी केन्द्रीय कार्यालयमा आज बसेको कार्यसम्पादन समितिको बैठकले बहुमतका आधारमा नियमित महाधिवेशनको नयाँ कार्यतालिका पारित गरे पनि महामन्त्री थापाले विधानमा गरिएको व्यवस्थाअनुसार विशेष महाधिवेशन नरोकिने बताए ।

‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग्नु भएको विशेष महाधिवेशन पुसको २८ भित्र गरिसक्नु पर्ने विधानको अनिवार्य व्यवस्था छ । एक दुई दिनभित्र पार्टी सभापति, कार्यबाहक सभापतिले विधानको व्यवस्थाअनुसार विशेष महाधिवेशन बनाउनुहुन्छ भन्ने अपेक्षा गर्छौं,’ थापाले भने, ‘विधान पालना गर्नु पर्ने जिम्मेवार नेताहरूले पालना गर्दिनँ भन्न पाउनुहुन्न । केन्द्रीय कार्यसमितिको बैठक बोलाएर उहाँहरूले विशेष महाधिवेशन बोलाउनुभएन भने केन्द्रीय कार्यालयले बोलाउनेछ ।’

उनले पार्टीका अन्य जिम्मेवार पदाधिकारीले विधान पालना नगरे आफू टुलुटुलु हेरे बस्न नसक्ने बताए ।

‘विधानको पालना नभएको कुरा मैले महामन्त्री भएर टुलुटुलु हेरेर बस्न मिल्दैन । केन्द्रीय कार्यालयले विशेष महाधिवेशनको आह्वान गर्छ । देशभरका महाधिवेशन प्रतिनिधि साथीहरू पुसको अन्तिममा हुने विशेष महाधिवेशनमा सहभागी हुन काठमाडौं आउने तयारी गर्नुहोला । काठमाडौंमा भेट हुनेछ । विशेष महाधिवेशनले केही ऐतिहासिक निर्णय गर्नेछ ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More