― Advertisement ―

Surfshark ले TechRadar अनुसन्धान पछि बिग्रिएको पोस्ट-क्वान्टम VPN प्रोटोकल फिक्स गर्दछ

TechRadar द्वारा परीक्षणहरू पछ्याउँदै, Surfshark ले आफ्नो नयाँ, मालिकाना VPN प्रोटोकल, 'दौसोस। अद्यावधिकले निश्चित आवासीय फाइबर जडानहरूमा प्रोटोकलले अब सही रूपमा काम गर्छ...
HomeLatest newsकांग्रेसले भोलि तीनवटै तहका कार्यालय बन्द गर्ने – KhabarHost

कांग्रेसले भोलि तीनवटै तहका कार्यालय बन्द गर्ने – KhabarHost



१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले आइतबार तीनवटै तहका कार्यालयहरू बन्द गर्ने भएको छ । पूर्व केन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनको शोकमा कांग्रेसले आइतबार केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने भएको हो ।

शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पूर्वमन्त्रीसमेत रहेका गौतमको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै पारित शोक प्रस्ताव पारित गरेर एक दिन कार्यालयहरू बन्द गर्ने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार गौतमको निधनको शोकमा कांग्रेसले शनिबारदेखि तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालहरूमा झण्डा आधा झुकाउने, १३ दिनसम्म तीनै तहका कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने पनि निर्णय भएको छ ।

नेपाल विद्यार्थी संघका संस्थापक केन्द्रीय सदस्य एवं कांग्रेस बाराका पूर्व सभापति गौतमको ८४ वर्षको उमेरमा ३१ असोज ३१ राति ९:१५ बजे काठमाडौको पेप्सीकोलास्थित निजी निवासमा निधन भएको पौडेलले बताए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More