― Advertisement ―

विज्ञहरूले बच्चाहरूको लागि एआई खेलौना एपहरूले प्रयोगकर्ताहरू ट्र्याक गर्दै र व्यक्तिगत डेटा सङ्कलन गरिरहेको चेतावनी दिन्छ

Cybernews an Kids को लागि एन्ड्रोइड एप एआई/रोबोटिक खेलौना र रिपोर्ट गरिएका सबै घोषणा गरिएका अनुमतिहरूमध्ये आधालाई एन्ड्रोइड दिशानिर्देशहरूद्वारा खतरनाक मानिन्छअनुसन्धानले उनीहरूले जाँच गरेका...
HomeLatest news‘कमेडी दरबार’ को तेस्रो सिजन भव्य सेट र नयाँ कलाकारसहित आउने

‘कमेडी दरबार’ को तेस्रो सिजन भव्य सेट र नयाँ कलाकारसहित आउने


राष्ट्रिय

समाचार.

  • लोकप्रिय टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’ को तेस्रो सिजन चाँडै आउने भएको छ।
  • निर्देशक बिक्की अग्रवालले तेस्रो सिजनमा नयाँ सेट डिजाइन र कमेडियन देखिने बताए।
  • निर्देशक श्रद्धा प्रसाईंले ‘महाराजा’ वा ‘महारानी’ मा नयाँ फम्र्याट थपिने जानकारी दिइन्।

काठमाडौं । टेलिभिजनको लोकप्रिय कमेडी शो ‘कमेडी दरबार’ को तेस्रो सिजन आउने भएको छ । आयोजित पत्रकार सम्मेलनमा दोस्रो सिजन सफलतापूर्वक सकिएको र नयाँ सिजन चाँडै आउने जनाइयो ।

निर्देशक तथा होस्ट बिक्की अग्रवालले भव्य रुपमा नयाँ सिजन आउने बताए । ‘अब हामी छिट्टै सिजन ३ मा भेट्नेछौं । यसपटक अझ भव्य रूपमा आउने तयारीमा छौं’ उनले भने ।

उनका अनुसार, तेस्रो सिजनमा सेट डिजाइनमा नयाँ शैली देख्न पाइनेछ । नयाँ कमेडियन पनि देख्न पाइने उनले बताए ।

निर्देशक श्रद्धा प्रसाईंका अनुसार शोको संरचनाअनुसार, ‘महाराजा’ वा ‘महारानी’ (जज) मा थप केही नयाँ फम्र्याटसमेत थपिने भएको छ । यसको जानकारी चाँडै दिइने उनले बताइन् ।

कमेडियन तथा नन-कमेडियन चर्चित कलाकारसँग प्रस्तुत हुँदै आएको यो शो दर्शकमाझ लोकप्रिय छ । यो शो प्राइम टेलिभिजन र ओएसआर रियालिटी युट्युबमार्फत दर्शकमाझ आइरहेको छ ।

‘कमेडी दरबार’ टिम अहिले फिल्म ‘ककाकिकी’ निर्माणमा समेत ब्यस्त छ । फिल्मको निर्देशन पनि विक्की र श्रद्धाले मिलेर गरेका हुन् । रिलिज डेट तय हुन बाँकी छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More